बढ्यो लागू पदार्थको दुर्व्यसनी र कारोबारी

Published on

काठमाडौं । प्राप्त तथ्याङ्कले तनहुँमा पछिल्लो समय लागू औषधजन्य पदार्थ बरामद र लागू औषध मुद्दा बढ्दै गएको पाइएको छ । प्रहरीले बरामद गरेको लागू औषध र पक्राउ पर्नेको सङ्ख्यालाई हेर्दा लागू औषध सेवनकर्ता र कारोबारी बढेको देखिन्छ । लागू औषध गाँजा, चरेस, हेरोइन, कोकिन लगायतका लागू औषधको प्रयोग र कारोबार बढेको देखिएको छ । लागू औषधको सेवन गर्ने र कारोबारी बढी भएकाले यस्ता मुद्दामा वृद्धि भएको प्रहरीले जनाएको छ ।

चालु आवको माघसम्म यस्ता अभियोगमा ३८ वटा मुद्दा दर्ता भई ५५ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक मोहनकुमार खड्काले जानकारी दिनुभयो । ती मध्येमा ५३ पुरुष र दुई महिला रहेका छन् । खड्काका अनुसार गत आर्थिक वर्ष २०७८र०७९ मा ३७ वटा मुद्दा दर्ता भई ४८ पुरुष र पाँच महिला गरी कुल ५३ पक्राउ परेका थिए । त्यस्तै आर्थिक वर्ष २०७९र०८० मा ५५ मुद्दा दर्ता भई ८० जना पुरुष र ६ महिला गरी ८६ जना पक्राउ परेका छन् । यसको माग घटाउने अभियान र वितरणमा नियन्त्रण गर्नका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख कपिलराज बोहोराले जानकारी दिनुभयो । कक्षा ११, १२ र स्नातक प्रथम वर्षमा अध्ययनरत विद्यार्थीहरूका लागि दमौलीस्थित क्यिएफएक्स सिनेमा हलमा एक साता अघि फागुन २७ गते लागू औषध दुर्व्यसनी न्यूनीकरणसम्बन्धी लघुचलचित्र ‘सङ्गत’ को निःशुल्क प्रदर्शनी गरिएका उहाँले बताउनुभयो । बोहोराले भन्नुभयो, ‘‘लागू औषधको कारोबार र सेवनलाई निरुत्साहित गर्न आवश्यक भएकोले निःशुल्क पर्दशन गरेका हौं ।’’

लत सिर्जना गरी दुर्व्यसनी तुल्याउने वस्तु वा पदार्थ लागू पदार्थ वा औषध हो । यसले शारीरिक र मानसिक स्वास्थ्य, चेतना र अनुभूतिलाई विकृत बनाउँछ । यस्ता पदार्थले मानिसको केन्द्रीय स्नायू प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ । यसको प्रयोगले मिर्गौला, फोक्सो खराब बनाउनेका साथै एचआईभी एड्स र प्राण घातक रोग क्यान्सरको जोखिम पनि बढाउने चिकित्कहरु बताउँछन् । कानुनद्वारा निषेधित गाँजा अफिम हिरोइन मर्फिन कोकिन आदि अवैध लागू औषध हो भने सूर्तिजन्य पदार्थ र मदिरा कानुनद्वारा नियन्त्रित लागू पदार्थ हो ।

ताजा समाचार

इरानमा अमेरिकी आक्रमणपछि सत्ता परिवर्तनको बहस सुरु

काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस सुरु...

पशुपति क्षेत्र विकास कोषका १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र...

सप्तरीका किसानको अर्गानिक आँपबाट लाखौं आम्दानी

सप्तरी — कञ्चनरूप नगरपालिका–१२, रूपनगर बस्तीपुरका किसानहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरेर...

नारायणघाट–बुटवल सडक ६ दिनदेखि अवरुद्ध, सयौं मालवाहक सवारी बीच बाटोमै रोकिए

नवलपुर — विनयी खोलामा आएको बाढी र दाउन्नेमा चिप्लो सडकका कारण नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतका...