गणतन्त्रलाई यथार्थमा रूपान्तरण गर्न एकजुट भएर लाग्नुपर्छ राष्ट्रपति पौडेलको भनाई

Published on

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन, विकास र रोजगारी बढाएर सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई साकार पार्ने अभियानमा हामी सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभएको छ।

महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित श्री राम माध्यमिक विद्यालयमा निर्माण गरिएको सहिद केशव कोइरालाको प्रतिमा अनावरण पश्चात् सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले सो अभियानमा लाग्न जोड दिनुभएको हो। “संविधान मार्फत प्राप्त मौलिक हकको कार्यान्वयन गरेर विपन्न वर्ग र गरिब जनताको जीवनस्तर उठाउन सक्यौ भने मात्र लोकतन्त्रको सार्थकता यथार्थमा रूपान्तण हुनेछ भने मलाई लाग्दछ”, राष्ट्रपति पौडेलले भन्नुभयो, “व्यवस्था परिवर्तन हुने तर जनताको अवस्थामा कुनै सुधार परिवर्तन नआउने हो भने लोकतन्त्रको उद्देश्य पुरा हुन सक्दैन।” संविधान बमोजिम प्रदेशलाई अधिकार सम्पन्न बनाउने कानुन छिटो निर्माण गर्न सङ्घीय संसदमा प्रतिनिधत्व गर्ने राजनीतिक दलका नेतालाई यसको लागि आग्रह गरेको बताउनुभयो।

लोकतन्त्र राज्य सञ्चालनको एउटा माध्यम मात्र नभएर जीवन दर्शन र संस्कार बनाएर अगाडि बढे मात्र आज केशव कोइराला जस्ता सहिदहरू, गणेश नेपाली जस्ता प्रजातन्त्रका योद्धाप्रति सच्चा श्रद्धाञ्जली हुने विश्वास राष्ट्रपति पौडेलले व्यक्त गर्नुभयो। शनिबार उहाँले जलेश्वर नगरपालिका–५ चौरियामा नव निर्मित उद्यानको उद्घाटन गर्दै प्रजातान्त्रिक योद्धा स्व।गणेश नेपालीको प्रतिमा अनावरण गर्नुभयो। उहाँले शनिबार बिहान जलेश्वरस्थित जलेश्वर महादेव मन्दिरको दर्शन एवम् पूजा अर्चन गर्नुभयो। जलेश्वर नगरपालिका ५ मा स्व। गणेश नेपालीको प्रतिमा गर्नुहुँदै राष्ट्रपति रामचन्द्र पौडेल। गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...