गणतन्त्रलाई यथार्थमा रूपान्तरण गर्न एकजुट भएर लाग्नुपर्छ राष्ट्रपति पौडेलको भनाई

Published on

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन, विकास र रोजगारी बढाएर सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई साकार पार्ने अभियानमा हामी सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभएको छ।

महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित श्री राम माध्यमिक विद्यालयमा निर्माण गरिएको सहिद केशव कोइरालाको प्रतिमा अनावरण पश्चात् सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले सो अभियानमा लाग्न जोड दिनुभएको हो। “संविधान मार्फत प्राप्त मौलिक हकको कार्यान्वयन गरेर विपन्न वर्ग र गरिब जनताको जीवनस्तर उठाउन सक्यौ भने मात्र लोकतन्त्रको सार्थकता यथार्थमा रूपान्तण हुनेछ भने मलाई लाग्दछ”, राष्ट्रपति पौडेलले भन्नुभयो, “व्यवस्था परिवर्तन हुने तर जनताको अवस्थामा कुनै सुधार परिवर्तन नआउने हो भने लोकतन्त्रको उद्देश्य पुरा हुन सक्दैन।” संविधान बमोजिम प्रदेशलाई अधिकार सम्पन्न बनाउने कानुन छिटो निर्माण गर्न सङ्घीय संसदमा प्रतिनिधत्व गर्ने राजनीतिक दलका नेतालाई यसको लागि आग्रह गरेको बताउनुभयो।

लोकतन्त्र राज्य सञ्चालनको एउटा माध्यम मात्र नभएर जीवन दर्शन र संस्कार बनाएर अगाडि बढे मात्र आज केशव कोइराला जस्ता सहिदहरू, गणेश नेपाली जस्ता प्रजातन्त्रका योद्धाप्रति सच्चा श्रद्धाञ्जली हुने विश्वास राष्ट्रपति पौडेलले व्यक्त गर्नुभयो। शनिबार उहाँले जलेश्वर नगरपालिका–५ चौरियामा नव निर्मित उद्यानको उद्घाटन गर्दै प्रजातान्त्रिक योद्धा स्व।गणेश नेपालीको प्रतिमा अनावरण गर्नुभयो। उहाँले शनिबार बिहान जलेश्वरस्थित जलेश्वर महादेव मन्दिरको दर्शन एवम् पूजा अर्चन गर्नुभयो। जलेश्वर नगरपालिका ५ मा स्व। गणेश नेपालीको प्रतिमा गर्नुहुँदै राष्ट्रपति रामचन्द्र पौडेल। गोरखापत्र

ताजा समाचार

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

काठमाडौं । कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको छैन । पशुचौपाया दूध...

दाङमा बढ्दै डेङ्गुका बिरामी

काठमाडौं । दाङका विभिन्न स्थानमा डेङ्गुका बिरामी देखा पर्न थालेका छन् । घोराहीस्थित राप्ती स्वास्थ्य...

वार्षिक १५ जनाको कलेजो प्रत्यारोपण

काठमाडौं । नेपालमा केही वर्षअघिसम्म कल्पनामा सीमित रहेको कलेजो प्रत्यारोपण निरन्तर रूपमा हुन थालेको...

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको...