युनिमोल ट्याब्लेट नामक प्यारासिटामोल बिक्री वितरण नगर्न आग्रह

Published on

काठमाडौं । औषधि व्यवस्था विभागले युनिक फार्मास्युटिकल्स प्रालिले उत्पादन गरेको युनिमोल ट्याब्लेट नामक प्यारासिटामोल बिक्री वितरण नगर्न आग्रह गरेको छ ।

विभागले अनुगमनका क्रममा सङ्कलन गरेको औषधि प्रयोगशालामा परीक्षण गर्दा न्यून गुणस्तरको भएकोले युनिक फार्मास्युटिकल्स प्रालिले उत्पादन गरेको युनिमोल ट्याब्लेट नामक प्यारासिटामोल बिक्री वितरण नगर्न आग्रह गरेको हो । विभागका अनुसार युनिमोल ट्याब्लेट नामक प्यारासिटामोलको ब्याच नं २३६९ जुन २०२३ मा उत्पादन भएर हो । विभागले उक्त औषधि, औषधि ऐन २०३५ को दफा १४ बमोजिम बिक्री वितरणमा रोक गरी बजारबाट तुरुन्त फिर्ता गरी विवरण पेस गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ । साथै उक्त ब्याच नं उल्लेख भएका औषधिको सिफारिस, बिक्री वितरण तथा प्रयोग नगर्न र नगराउन सम्बन्धित सबैलाई विभागले अनुरोध गरेको छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...