युनिमोल ट्याब्लेट नामक प्यारासिटामोल बिक्री वितरण नगर्न आग्रह

Published on

काठमाडौं । औषधि व्यवस्था विभागले युनिक फार्मास्युटिकल्स प्रालिले उत्पादन गरेको युनिमोल ट्याब्लेट नामक प्यारासिटामोल बिक्री वितरण नगर्न आग्रह गरेको छ ।

विभागले अनुगमनका क्रममा सङ्कलन गरेको औषधि प्रयोगशालामा परीक्षण गर्दा न्यून गुणस्तरको भएकोले युनिक फार्मास्युटिकल्स प्रालिले उत्पादन गरेको युनिमोल ट्याब्लेट नामक प्यारासिटामोल बिक्री वितरण नगर्न आग्रह गरेको हो । विभागका अनुसार युनिमोल ट्याब्लेट नामक प्यारासिटामोलको ब्याच नं २३६९ जुन २०२३ मा उत्पादन भएर हो । विभागले उक्त औषधि, औषधि ऐन २०३५ को दफा १४ बमोजिम बिक्री वितरणमा रोक गरी बजारबाट तुरुन्त फिर्ता गरी विवरण पेस गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ । साथै उक्त ब्याच नं उल्लेख भएका औषधिको सिफारिस, बिक्री वितरण तथा प्रयोग नगर्न र नगराउन सम्बन्धित सबैलाई विभागले अनुरोध गरेको छ ।

ताजा समाचार

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

काठमाडौं । कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको छैन । पशुचौपाया दूध...

दाङमा बढ्दै डेङ्गुका बिरामी

काठमाडौं । दाङका विभिन्न स्थानमा डेङ्गुका बिरामी देखा पर्न थालेका छन् । घोराहीस्थित राप्ती स्वास्थ्य...

वार्षिक १५ जनाको कलेजो प्रत्यारोपण

काठमाडौं । नेपालमा केही वर्षअघिसम्म कल्पनामा सीमित रहेको कलेजो प्रत्यारोपण निरन्तर रूपमा हुन थालेको...

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको...