मुखकोक्यान्सर पाठेघर विरुद्ध खोप अभियान

Published on

काठमाडौं । भेरी अस्पताल नेपालगन्जमा पाठेघरको मुखको क्यान्सर विरुद्धको दोस्रो चरणको एचपिभी खोप लगाउन सुरु गरिएको छ । पहिलो चरणको खोप गत भदौ २७ गतेबाट भेरी अस्पतालको खोप केन्द्रमा लगाइएको थियो ।

पहिलो चरणको खोप लगाई सक्नु भएका एक हजार २१५ जना १५ वर्ष मुनिका किशोरीलाई मात्र एचपिभी खोपको दोस्रो मात्रा मङ्गलबारबाट भेरी अस्पतालको खोप केन्द्रमा लगाउन सुरु गरिएको स्वास्थ्य कार्यालय बाँकेका खोप अधिकृत नरेश श्रेष्ठले जानकारी दिनुभयो । उहाँले पहिलो चरणमा नै १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई लक्षित गरेर एचपिभी खोप दिने योजना भएपनि पर्याप्त खोप नभएका कारण १४ वर्ष पूरा भएर १५ वर्ष ननाघेका एक हजार २१५ किशोरीलाई मात्र सो खोप लगाइएको बताउनुभयो । दोस्रो चरणको खोप पहिलो चरणको खोप लगाएका किशोरीलाई मात्र लगाउने जनाउँदै खोप अधिकृत श्रेष्ठले चैत ९ गते भित्र खोप लगाउन अभिभावकसँग आग्रह गर्नुभयो ।

स्वास्थ्य कार्यालय बाँकेले यो खोप अभियान तीन दिन जारी रहने जनाउँदै तीन दिनसम्म पनि धेरै जना खोप लगाउन नआएको पाइएमा खोप लगाउने समय थपिने जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार एचपिभी खोप ६ महिनाको अन्तरालमा दुई मात्रा लगाउनुपर्दछ । यो खोपको दुई मात्रा पूरा गरेमा यसको प्रभावकारिता ९५ प्रतिशत देखिएको छ । नेपालमा सबैभन्दा बढी हुने क्यान्सरमा पाठेघरको मुखको क्यान्सर पर्दछ । पछिल्लो तथ्याङ्क अनुसार नेपालमा प्रति एक लाखमा नयाँ बिरामी पत्ता लाग्ने दर १६।४ प्रतिशत छ । मङ्गलबार दोस्रो चरणको सो खोप लगाउन सुरु गरिएको कार्यक्रममा स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अङ्गदबहादुर शाहीसँगै वरिष्ठ स्वास्थ्यकर्मीको उपस्थिति थियो ।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...