मुखकोक्यान्सर पाठेघर विरुद्ध खोप अभियान

Published on

काठमाडौं । भेरी अस्पताल नेपालगन्जमा पाठेघरको मुखको क्यान्सर विरुद्धको दोस्रो चरणको एचपिभी खोप लगाउन सुरु गरिएको छ । पहिलो चरणको खोप गत भदौ २७ गतेबाट भेरी अस्पतालको खोप केन्द्रमा लगाइएको थियो ।

पहिलो चरणको खोप लगाई सक्नु भएका एक हजार २१५ जना १५ वर्ष मुनिका किशोरीलाई मात्र एचपिभी खोपको दोस्रो मात्रा मङ्गलबारबाट भेरी अस्पतालको खोप केन्द्रमा लगाउन सुरु गरिएको स्वास्थ्य कार्यालय बाँकेका खोप अधिकृत नरेश श्रेष्ठले जानकारी दिनुभयो । उहाँले पहिलो चरणमा नै १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई लक्षित गरेर एचपिभी खोप दिने योजना भएपनि पर्याप्त खोप नभएका कारण १४ वर्ष पूरा भएर १५ वर्ष ननाघेका एक हजार २१५ किशोरीलाई मात्र सो खोप लगाइएको बताउनुभयो । दोस्रो चरणको खोप पहिलो चरणको खोप लगाएका किशोरीलाई मात्र लगाउने जनाउँदै खोप अधिकृत श्रेष्ठले चैत ९ गते भित्र खोप लगाउन अभिभावकसँग आग्रह गर्नुभयो ।

स्वास्थ्य कार्यालय बाँकेले यो खोप अभियान तीन दिन जारी रहने जनाउँदै तीन दिनसम्म पनि धेरै जना खोप लगाउन नआएको पाइएमा खोप लगाउने समय थपिने जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार एचपिभी खोप ६ महिनाको अन्तरालमा दुई मात्रा लगाउनुपर्दछ । यो खोपको दुई मात्रा पूरा गरेमा यसको प्रभावकारिता ९५ प्रतिशत देखिएको छ । नेपालमा सबैभन्दा बढी हुने क्यान्सरमा पाठेघरको मुखको क्यान्सर पर्दछ । पछिल्लो तथ्याङ्क अनुसार नेपालमा प्रति एक लाखमा नयाँ बिरामी पत्ता लाग्ने दर १६।४ प्रतिशत छ । मङ्गलबार दोस्रो चरणको सो खोप लगाउन सुरु गरिएको कार्यक्रममा स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अङ्गदबहादुर शाहीसँगै वरिष्ठ स्वास्थ्यकर्मीको उपस्थिति थियो ।

ताजा समाचार

पालिका भित्रका वडाहरु मध्ये हाम्रो वडा फरक छ

स्थानीय सरकारले जनताको अपेक्षाहरु पुरा गरेको हुन्छ । सबै जनताहरु स्थानीय सरकारकै मुख ताकेर...

जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सगरमाथा संवाद महत्त्वपूर्ण

काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले सगरमाथा संवादलाई सफल बनाउने...

भारत र पाकिस्तानले एक अर्काका कुटनीतिज्ञलाई २४ घण्टाभित्र देश छोड्न आदेश

काठमाडौँ । पाकिस्तान र भारतले मङ्गलबार एक–एक जना कूटनीतिज्ञलाई आफ्नो देशबाट निष्काशन गर्ने घोषणा...

आइसिसी विश्वकप लिग–२ : नेपाली टोलीको बिदाइ

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खला खेल्न...