बिरामी हिमाली गिद्धको उद्धार

Published on

काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ३ बाट बिरामी अवस्थामा रहेको हिमाली गिद्धको उद्धार गरिएको छ ।

लोपोन्मुख प्रजातिको रूपमा रहेको हिमाली गिद्धको बग्लहुवा सामुदायिक वनबाट स्थानीयले उद्धार गरी मङ्गलबार डिभिजन वन कार्यालय पहलमानपुरलाई बुझाएका हुन् । डिभिजन वन कार्यालयका प्रमुख नितेसराज भट्टराईले स्थानीयले खबर गरेपछि वनका कर्मचारीले उद्धार गरी डिभिजन वन कार्यालयमा राखिएको बताउनुभयो । उहाँले बिरामी गिद्धको उपचार गरी सुरक्षित स्थानमा छोडिनेसमेत जानकारी दिनुभयो । चराविद् हिरुलाल डगौराले जाडोको समयमा आहारा खोज्दै टाढा टाढासम्म पुग्ने हिमाली गिद्ध गर्मी सुरु भएसँगै हिमाल तिर फक्रने बताउनुभयो । चराविद् डगौराले लामो दुरीको उडान र गर्मीका कारण बिरामी परेको हुनसक्ने बताउनुभयो ।

उहाँले उद्धार गरिएको गिद्ध आइ।यु।सि।एनको रेडलिष्टअनुसार सङ्कटको नजिक रहेको जनाउनुभयो । हिमाली गिद्धहरू जाडोमा नेपालको हिमाली क्षेत्रबाट तराइमा आहाराका लागि आउने गरेको बताइन्छ । दुई वर्ष अगाडि यस्ता खालको हिमाली गिद्ध भजनीको सामुदायिक वनमा बिरामी अवस्थामा फेला परेको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...