हिउँ खेल्दै सशस्त्र प्रहरीद्वारा सिमानाकामा गस्ती

Published on

काठमाडौं । नेपाल र चीनको सिमाना रहेको हिल्सामा स्थापना भएको सशस्त्र प्रहरीको सीमा सुरक्षाचौकीका (बिओपी) सुरक्षाकर्मीले हिउँमा खेल्दै सिमानाका गस्ती गर्दैआएका छन् ।

हिउँ जमेको कारण बाटो असजिलो र चिसो हुने भए पनि सशस्त्र प्रहरीले आफ्नो जिम्मेवारी पूरा गर्न गस्ती गरेको हो । सशस्त्र प्रहरी बलको सिमा सुरक्षा चौकीका सशस्त्र प्रहरी निरीक्षक प्रमोद बिष्टले हिउँ जमेको भए पनि आफ्नो कतव्र्य पूरा गर्न सिमानाका र सिमास्तम्भ अनुगमनको काम भइरहेको बताउनुभयो । उहाँले सशस्त्र प्रहरी कहिले सिमास्तम्भको अनुगमन गर्न दुई देशको सिमाना किट क्षेत्र त कहिले सिमा सुरक्षाका लागि नारा लेकतर्फ गस्तीमा जाने गरिएको बताउनुभयो । किट क्षेत्रमा हिउँ कम भए पनि नारा लेक क्षेत्रको एक किलोमिटर सडकमा दुईदेखि तीन फिट हिउँ जमेका कारण गस्ती गर्न समस्या हुने गरे पनि जानुपर्ने बाध्यता रहेको बताउनुभयो ।

पुसमा हिमपात कम भएका कारण सुरक्षाकर्मीलाई गस्ती गर्न सहज भएको तर फागुनमा बढी हिमपात हुँदा केही समस्या भएको बताउनुभयो । हिल्साबाट नारा लेकको बाटो नखुलेका कारण गस्तीमा जान सशस्त्र प्रहरीले आठ–दश जनालाई परिचालन गर्नेगरेको छ । चौकीमा हाल २२ जना सशस्त्र प्रहरी छन् । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...