हिउँ खेल्दै सशस्त्र प्रहरीद्वारा सिमानाकामा गस्ती

Published on

काठमाडौं । नेपाल र चीनको सिमाना रहेको हिल्सामा स्थापना भएको सशस्त्र प्रहरीको सीमा सुरक्षाचौकीका (बिओपी) सुरक्षाकर्मीले हिउँमा खेल्दै सिमानाका गस्ती गर्दैआएका छन् ।

हिउँ जमेको कारण बाटो असजिलो र चिसो हुने भए पनि सशस्त्र प्रहरीले आफ्नो जिम्मेवारी पूरा गर्न गस्ती गरेको हो । सशस्त्र प्रहरी बलको सिमा सुरक्षा चौकीका सशस्त्र प्रहरी निरीक्षक प्रमोद बिष्टले हिउँ जमेको भए पनि आफ्नो कतव्र्य पूरा गर्न सिमानाका र सिमास्तम्भ अनुगमनको काम भइरहेको बताउनुभयो । उहाँले सशस्त्र प्रहरी कहिले सिमास्तम्भको अनुगमन गर्न दुई देशको सिमाना किट क्षेत्र त कहिले सिमा सुरक्षाका लागि नारा लेकतर्फ गस्तीमा जाने गरिएको बताउनुभयो । किट क्षेत्रमा हिउँ कम भए पनि नारा लेक क्षेत्रको एक किलोमिटर सडकमा दुईदेखि तीन फिट हिउँ जमेका कारण गस्ती गर्न समस्या हुने गरे पनि जानुपर्ने बाध्यता रहेको बताउनुभयो ।

पुसमा हिमपात कम भएका कारण सुरक्षाकर्मीलाई गस्ती गर्न सहज भएको तर फागुनमा बढी हिमपात हुँदा केही समस्या भएको बताउनुभयो । हिल्साबाट नारा लेकको बाटो नखुलेका कारण गस्तीमा जान सशस्त्र प्रहरीले आठ–दश जनालाई परिचालन गर्नेगरेको छ । चौकीमा हाल २२ जना सशस्त्र प्रहरी छन् । गोरखापत्र

ताजा समाचार

क्याप्टेन वेद उप्रेतीको ‘पाइलट प्रेम’ पुस्तक विमोचन

अरुण डगौरा । क्याप्टेन वेद उप्रेतीको नयाँ पुस्तक ‘पाइलट प्रेम’ विमोचन गरिएको छ ।...

प्रेम विवाह गरेका नेहा र सत्येन्द्रको सुरक्षा सरकारले गर्छ : गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले प्रेम विवाह गरेका सर्लाहीको बरहथवाका नेहा रौनियार र सत्येन्द्र...

भीम रावलले धनगढीमा जागरण भेलाको आयोजना गर्ने

काठमाडौँ । नेकपा (एमाले)बाट निष्कासित भइसकेपछि मातृभूमि जागरण अभियानमा लाग्नु भएका पूर्व उपप्रधानमन्त्री भीम...

पृथ्वी पत्रकारिता पुरस्कारका लागि अक्षयकोष स्थापना

काठमाडौँ । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा बर्दियाले पृथ्वी पत्रकारिता पुरस्कार अक्षयकोष स्थापना गरेको...