नयाँ वर्षको गन्तव्य अन्तु

Published on

काठमाडौं । इलामको पर्यटकीय स्थल अन्तुमा नयाँ वर्ष २०८१ को अवसरमा महोत्सव आयोजना गरिने भएको छ । सूर्योदयको दृश्यावलोकनका लागि प्रसिद्ध मानिने अन्तुमा आगामी चैत ३० र वैशाख १ गते विभिन्न कार्यक्रमसहित महोत्सव आयोजना गर्न लागिएको सूर्योदय नगरपालिकाले जनाएको छ ।

वर्षैभर पर्यटक खचाखच जस्तै हुने अन्तुमा नयाँ वर्षमा पनि इलाम भित्रने पर्यटकलाई केन्द्रित गर्न महोत्सव आयोजना गरिएको नगरपालिकाका उपप्रमुख दुर्गाकुमार बरालले बताउनुभयो । महोत्सवमा सूर्योदय आइडलको प्रस्तुति, स्थानीय खाद्य परिकारको स्टल, शुभकामाना आदानप्रदान, विभिन्न सांस्कृतिक कार्यक्रम तय गरिएको उपप्रमुख बरालले जानकारी दिनुभयो । महोत्सवमा चर्चित कलाकारहरू यम बराल, भूपेन्द्र राई, पूजन प्रधान, गणेश–यशोदा पराजुलीसहित फुटी शेर्पा, रवि रिमाललगायतको साङ्गीतिक प्रस्तुतिसमेत राखिएको छ । विशेष गरी तराईका र पश्चिमी जिल्लाबाट अन्तुमा पर्यटक आउने गरेका छन् । भारतका विभिन्न स्थान र तेस्रो मुलुकका पर्यटकसमेत अन्तु पुग्ने गरेका छन् । अन्तुमा पर्यटकका लागि होमस्टे सञ्चालन गरिएको छ । यहाँ कटेज र सुविधासम्पन्न होटलसमेत रहेका छन् । सूर्योदय नगरपालिकाको फिक्कलनजिक छिविटारबाट १३ किलोमिटर कालोपत्रे सडक पार गरेर पुग्न सकिने अन्तुमा बर्सेनि भित्रने पर्यटकको सङ्ख्या ठुलो छ । यो चालु आर्थिक वर्षको साउनदेखि चैत १६ सम्मको तथ्याङ्क हेर्दा अन्तुडाँडामा पुगेर फर्कने पर्यटकको सङ्ख्या ६० हजार रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईले बताउनुभयो । भट्टराईले भन्नुभयो, “यो सङ्ख्या अन्तुडाँडामा अर्थात् भ्युटावरसम्म पुग्नेको हो । कतिपय त भ्युटावर नपुगी पनि फर्कने गरेका छन् । तिनीहरूको तथ्याङ्क व्यवस्थापन गरिएको छैन ।”

अन्तु र कन्यामबाट नगरपालिकालाई वार्षिक करिब एक करोड रुपियाँ राजस्व आम्दानी हुने गरेको भट्टराईले जानकारी दिनुभयो । भट्टराईले भन्नुभयो, “अन्तुको भ्युटावरको टिकट, अन्तु पोखरीमा डुङ्गा सयर, कन्याममा राखिएका स्टलहरू आदिबाट यो आम्दानी हुने गरेको छ । यो नगरपालिका आफैँले उठाउँछ । अन्तु पुग्ने पर्यटकले सूर्योदयको दृश्यावलोकन, अन्तु पोखरीमा डुङ्गा सयर, अन्तुडाँडाबाट विभिन्न हिमशृङ्खलाको दृश्यावलोकन, चियाबारी र सल्लाघारीको आनन्द लिएर फर्कने गरेका छन् । अन्तुमा चराको अध्ययनमा पनि अध्ययनकर्ता आउने गरेको बताइएको छ । नयाँ वर्षमा अयोजना गरिने महोत्सवमा पनि यहाँ रहेका ६६ वटा होमस्टे, निजी ढङ्गले चलेका होटल र कटेजहरूमा समेत गरेर पाँच हजार जनाले रात बिताउन सक्ने गरी व्यवस्थापनको तयारी गरेको नगरपालिकाले जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...