रासस र कतार न्यूज एजेन्सीबिच सामाचार आदानप्रदानका लागि सम्झौता

Published on

काठमाडौं । राष्ट्रिय समाचार समिति (रासस) र कतार न्यूज एजेन्सी (क्युएनए)बिच समाचार सामग्री आदानप्रदान गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालको दुईदिने राजकीय भ्रमणका क्रममा दुवै देशका राज्यद्वारा सञ्चालित समाचार एजेन्सीबिच समझदारीपत्रमा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

कतारका अमिर अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को विशेष उपस्थितिमा दुई देशका समाचार एजेन्सीबिच समाचार आदन(प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको प्रधानमन्त्रीका परराष्ट्र मामिलासम्बन्धी सल्लाहकार डा।रुपक सापकोटाले जानकारी दिनुभयो । राससले उत्पादन गरेका समाचार क्युएनएमार्फत् कतारका सञ्चारमाध्यमले र क्युएनएले उत्पादन गरेका समाचार राससमार्फत विभिन्न सञ्चारमाध्यमलाई प्रयोग गर्न सहज भई दुबै देशका जनता लाभान्वित हुने छन् । रासस वि।सं।२०१८ फागुन ७ गते स्थापना भएको राज्यद्वारा सञ्चालित नेपालको एक मात्र समाचार एजेन्सी हो । यसै गरी क्युएनए सन् १९७५ मे २५ मा स्थापना भएको कतारद्वारा सञ्चालित कतारको समाचार एजेन्सी हो । रासस

ताजा समाचार

प्रधानमन्त्री ओलीलाई कांग्रेसको पूर्ण समर्थन छ : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली कांग्रेसको पूर्ण...

एसइईमा अनियमितता : दुई जना पक्राउ, निरीक्षक निष्कासित

काठमाडौँ । एसइईको मंलबार अनिवार्य विज्ञान विषयको परीक्षामा अनियमितता गरेको आरोपमा प्रहरीले छुट्टाछुट्टै केन्द्रबाट...

पहिलो अभ्यास खेलमा नेपाल यु–१९ विजयी

काठमाडौँ । भारतको दिल्ली यु–१९ विरुद्ध पहिलो अभ्यास खेलमा नेपाली युवा टोली विजयी भएको...

तीन महिनापछि भोजपुरमा उडान सुरु

काठमाडौँ । बन्द भएको तीन महिनापछि यहाँको भोजपुर नगरपालिका-१२ टक्सारस्थित विमानस्थलमा उडान सुरु भएको...