रासस र कतार न्यूज एजेन्सीबिच सामाचार आदानप्रदानका लागि सम्झौता

Published on

काठमाडौं । राष्ट्रिय समाचार समिति (रासस) र कतार न्यूज एजेन्सी (क्युएनए)बिच समाचार सामग्री आदानप्रदान गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालको दुईदिने राजकीय भ्रमणका क्रममा दुवै देशका राज्यद्वारा सञ्चालित समाचार एजेन्सीबिच समझदारीपत्रमा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

कतारका अमिर अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को विशेष उपस्थितिमा दुई देशका समाचार एजेन्सीबिच समाचार आदन(प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको प्रधानमन्त्रीका परराष्ट्र मामिलासम्बन्धी सल्लाहकार डा।रुपक सापकोटाले जानकारी दिनुभयो । राससले उत्पादन गरेका समाचार क्युएनएमार्फत् कतारका सञ्चारमाध्यमले र क्युएनएले उत्पादन गरेका समाचार राससमार्फत विभिन्न सञ्चारमाध्यमलाई प्रयोग गर्न सहज भई दुबै देशका जनता लाभान्वित हुने छन् । रासस वि।सं।२०१८ फागुन ७ गते स्थापना भएको राज्यद्वारा सञ्चालित नेपालको एक मात्र समाचार एजेन्सी हो । यसै गरी क्युएनए सन् १९७५ मे २५ मा स्थापना भएको कतारद्वारा सञ्चालित कतारको समाचार एजेन्सी हो । रासस

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...