भोजपुर–विराटनगर हवाई उडान ६ वर्षपछि पुनः सुचारु

Published on

काठमाडौं । भोजपुर–विराटनगर हवाई उडान सेवा ६ वर्षपछि पुनः सुचारु भएको छ । वि।स २०७४ बाट प्राविधिकलगायत विभिन्न कारणले बन्द रहेको उडान हाल उक्त समस्याहरू समाधान भएसँगै पुनः उडान सुचारु भएको हो ।

नेपाल वायु सेवा निगमको टयुनेटर विमानले अब हप्तामा दुई दिन शनिबार र बिहीबार भोजपुर–विराटनगर उडान गर्ने नेपाल वायुसेवा निगम भोजपुरका प्रमुख प्रकाश खड्काले बताउनुभयो । उहाँका अनुसार भोजपुर–विराटनगर हप्तामा दुई पटक उडान हुन्छ भने हवाई भाडा ४ हजार २९ रुपियाँ निर्धारण गरिएको छ । लामो समयदेखि उडान बन्द हुँदा भोजपुर–विराटनगर आवतजावत गर्ने बिरामी, अशक्त तथा समस्यामा परेका यात्रुहरूलाई सवारी साधनबाट यात्रा गर्न बाध्यता थियो । अब सिधा हवाई सेवा सुचारु भएपछि यात्रुहरूलाई छिटो यात्रा गर्न सहज हुने भोजपुर नगरपालिकाका प्रमुख कैलाश कुमार आलेले बताउनुभयो । उडान सेवाको उद्घाटन गर्नुहुँदै प्रमुख आलेले आगामी दिनमा जहाज उडानमा निरन्तरता र सहजता प्रदान गर्न नेपाल वायुसेवा निगम र क्रु मेम्बरलाई आग्रह समेत गर्नुभयो । भोजपुर–विराटनगर हवाई सेवा पुनः सुचारु भएसँगै जिल्लावासीहरू खुसी भएका छन् । गोरखापत्र

ताजा समाचार

प्रधानमन्त्री ओलीलाई कांग्रेसको पूर्ण समर्थन छ : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली कांग्रेसको पूर्ण...

एसइईमा अनियमितता : दुई जना पक्राउ, निरीक्षक निष्कासित

काठमाडौँ । एसइईको मंलबार अनिवार्य विज्ञान विषयको परीक्षामा अनियमितता गरेको आरोपमा प्रहरीले छुट्टाछुट्टै केन्द्रबाट...

पहिलो अभ्यास खेलमा नेपाल यु–१९ विजयी

काठमाडौँ । भारतको दिल्ली यु–१९ विरुद्ध पहिलो अभ्यास खेलमा नेपाली युवा टोली विजयी भएको...

तीन महिनापछि भोजपुरमा उडान सुरु

काठमाडौँ । बन्द भएको तीन महिनापछि यहाँको भोजपुर नगरपालिका-१२ टक्सारस्थित विमानस्थलमा उडान सुरु भएको...