नवलपुर उद्योग वाणिज्य सङ्घमा सापकोटा निर्वाचित

Published on

काठमाडौं । जिल्ला उद्योग वाणिज्य सङ्घ नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को अध्यक्षमा दीपक सापकोटा निर्वाचित हुनुभएको छ । शनिबार राति सम्पन्न अधिवेशनले सापकोटाको नेतृत्वमा २९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

सङ्घको वरिष्ठ उपाध्यक्षमा छवि कँडेल, प्रथम उपाध्यक्ष (वाणिज्य)मा एकदेव रिमाल, द्वितीय उपाध्यक्ष (उद्योग)मा सुरेन्द्र तिवारी, महासचिवमा तेजनारायण पाण्डे, कोषाध्यक्षमा माधवप्रसाद सापकोटा, सचिवमा विष्णुप्रसाद पङ्गेनी र वरिष्ठ सदस्यमा शालिकराम सापकोटा निर्वाचित हुनुभएको छ । त्यसैगरी सदस्यमा गोपालप्रसाद सापकोटा, प्रकाशकुमार श्रेष्ठ, शालिग्राम सापकोटा, परमेश आचार्य, किशोरकुमार लम्साल, सिर्जना पौडेल, कविराज आचार्य, कमल शर्मा गौतम, गोकुल सापकोटा, विनोदकुमार श्रेष्ठ, घनश्याम पराजुली, अमित अग्रवाल, दीपकप्रसाद भट्टराई, राकेशकुमार हरलालका, मीना दाहाल, शेषकान्त कोइराला, प्रकाश सापकोटा, समीर श्रेष्ठ, मेघराज कँडेल र कृष्ण न्यौपाने निर्वाचित हुनुभएको छ । अधिवेशनको उद्घाटनमा नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइराला, गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, गण्डकी प्रदेशसभा सदस्य महेन्द्रध्वज जिसी, गैँडाकोट नगरप्रमुख मदनभक्त अधिकारीसहित उद्योगी व्यवसायीको उपस्थिति थियो । रासस

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...