चितवनको विद्युत् समस्या अन्त्य हुँदै

Published on

काठमाडौं । पश्चिम चितवनको देवनगरमा निर्माण भएर पनि सञ्चालन हुन नसकेको विद्युत्को सबस्टेसन शनिबारबाट सञ्चालन भएको छ ।

शनिबार भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले सबस्टेसनको उद्घाटन गर्नुभएको हो । स्टेसन सञ्चालनमा नआउँदा विद्युत्को भार धेरै भएर लोडसेडिङ वृद्धि भएको थियो । ३३÷११ केभी २०\२४ एमभिए क्षमताको सबस्टेसनको उद्घाटन गर्दै प्रमुख दाहालले भरतपुरमा भइरहेको तीव्र सहरीकरणसँगै विद्युत् आपूर्तिमा देखिएको समस्या समाधान गर्न सफल हुने बताउनुभयो । विद्युत्को बढ्दो मागलाई ध्यानमा राखेर पश्चिम चितवनको मेघौलीमा पनि अर्को स्टेसन सञ्चालनमा ल्याइने भन्दै उहाँले चार बिघा क्षेत्रफलमा सबस्टेसन निर्माण गर्न लागिएको जानकारी दिनुभयो । मेघौलीको सबस्टेसन सञ्चालनमा आएपछि सबै समस्या हट्ने बताउनुभयो । आउँदो ५० वर्षसम्मको मागलाई ध्यानमा राखेर गुरुयोजना निर्माण भएको छ । उहाँले त्यसै अनुरूप मेघौलीमा निर्माण हुने जानकारी दिनुभयो ।

भरतपुरका मुख्य सहरी क्षेत्र बाइपास रोड, पुलचोक गोन्द्राङ सडकमा भूमिगत विद्युतीकरण, ८० किमीमा स्मार्ट सडकबत्ती, बासपार्कमा चार्जिङ स्टेसन र थप १५० किमी सडकबत्तीको काम भइराखेको दाहालले बताउनुभयो । आउँदो तिहारसम्म सडकबत्तीको काम सम्पन्न गर्न नेपाल विद्युत् प्राधिकरणका निर्देशक कुलमान घिसिङलाई अनुरोध गर्नुभयो । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले सहरहरूको ५० वर्षीय गुरुयोजना तयार भई त्यही अनुसार काम अगाडि बढाइएको बताउनुभयो । उहाँले नेपालको ९९ प्रतिशत जनताको पहुँचमा विद्युत् पुगेका तर चितवनका केही स्थानमा अझै पनि विद्युत् नपुगेकाले त्यहाँ छिट्टै पुग्ने गरी काम अघि बढाइएको जानकारी दिनुभयो । सबस्टेसनमा चार वटा फिडर रहेका छन् । सबस्टेसनले भरतपुर महानगरको वडा नं। ५, ६, ८, ९, १३, १४, १५, २२ र २३ मा विद्युत् वितरण गर्ने छ ।

नेपाल सरकार तथा विद्युत् प्राधिकरणको लगानी र विश्व बैङ्कको सहुलितपूर्ण ऋणमा ३३ केभी लाइन र सबस्टेसन निर्माण गरिएको हो । गोन्द्राङ–देवनगर ३३ केभी प्रसारण लाइन र सबस्टेसनको लागत करिब साढे नौ करोड रुपियाँ रहेको आयोजना प्रमुख सङ्गीता कार्कीले जानकारी दिनुभयो । भरतपुर वितरण केन्द्रका अनुसार भरतपुर वितरण केन्द्र अन्तर्गत ६५ हजार र चनौली वितरण केन्द्र अन्तर्गत ४५ हजार ग्राहक छन् । देवनगरले दुवै वितरणको ग्राहकलाई सेवा दिने भएपछि विद्युत्को लोडसेडिङ तथा भार क्षमताको समस्या हटेर जाने छ । गोरखापत्र

ताजा समाचार

काठमाडौँ उपत्यकामा चहलपहल बढ्दै

काठमाडौँ – काठमाडौँ उपत्यकामा विजयादशमीको फूलपातीदेखि घटेको चहलपहल टीकाको तेस्रो दिन आजबाट पुनः बढ्न...

वीपी राजमार्गमा भोलिदेखि अनुमति प्राप्त सवारी साधनहरु चल्ने

काभ्रे- वीपी राजमार्गमा भोलिदेखि अनुमति प्राप्त सवारी साधनहरु चल्ने भएका छन् । बीपी राजमार्गमा ट्र्याक निर्माण...

भारतीय वन रक्षकबाट गोली प्रहार, चार नेपाली घाइते

बर्दिया । भारतीय क्षेत्रका वन रक्षकबाट प्रहार भएको गोली लागेर चार नेपाली घाइते भएका...

कांग्रेसले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छ : नेता कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमहामन्त्री डा। शशांक कोइरालाले पार्टी नेतृत्वका लागि युवाहरुलाई...