संसदलाई विधिसङ्गत रुपमा छलफलको केन्द्र बनाऔँ : सभामुख घिमिरे

Published on

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे संसदलाई विधिसङ्गत रुपमा छलफलको केन्द्र बनाउनुपर्ने बताउनुभएको छ । शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसले उठेर विरोध जनाए पश्चात संसदमा बोल्नुहुँदै सभामुखले यस्तो आग्रह गर्नुभएको हो । सभामुख घिमिरेले संसद विधिसङ्गत रुपमा सञ्चालन गर्न सत्ता र प्रतिपक्ष दुवैले छलफलको केन्द्र बनाउन आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले प्रतिपक्ष दलको मागलाई सम्बोधन गर्न कार्यदल बनेको भन्दै सहकारी समस्या समाधान गर्नका लागि बनेको कार्यदललाई सहयोग गर्न आग्रह गर्नुभयो ।

उहाँले संसदको कार्यभार पूरा गर्ने दायित्व सबैको भएको भन्दै सभा सञ्चालनमा सहयोग गर्नु आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘सहकारी समस्या समाधान गर्नका लागि कार्यदललाई सहयोग पुर्‍याउनु हुनेछ । संसदले पूरा गर्नुपर्ने राष्ट्रका लागि यो अधिवेशनमा गर्नुपर्ने काममा सहयोग पुर्‍याउनुहुनेछ भन्ने अपेक्षा गरेको छु । संसदलाई विधिसङ्गत ढङगबाट छलफलको केन्द्र बनाऔं । त्यही अनुसार जानको लागि सम्पूर्ण माननिय सदस्यहरुलाई अनुरोध गर्दछु । सभामुखले बारम्बार आग्रह गर्दा पनि बैठक अगाडि बढ्न नसकेपछि आजका सम्पूर्ण कार्यसूचि हटाउँदै जेठ १३ गते आइतबार ११ बजे बैठक बस्नेगरी स्थगित गर्नुभयो ।

ताजा समाचार

इपिएस सम्झौताको १७ वर्ष : नेपाल बढी कामदार पठाउने पहिलो मुलुक

काठमाडौं । पछिल्ला केही दशकदेखि निरन्तर आर्थिक समृद्धिको यात्रामा लम्किरहेको दक्षिण कोरिया नेपाली युवामाझ...

पुर्ख्यौली पेसा संरक्षणको माग

काठमाडौं । पुर्ख्यौली पेसामा आश्रित कुम्हार समुदायले पेसा संरक्षणका लागि माग गरेका छन् । यो...

पाहुनाको पर्खाइमा मुस्ताङको स्याङगाउँ

काठमाडौं । कालीगण्डकी नदी किनारको बगरमा हराभरा स्याउ बगैँचा । डाँडामाथि माटोका छाना भएका...

आज ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौं । ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...