प्रधानमन्त्री प्रचण्ड, अध्यक्ष ओली र गृहमन्त्री लामिछानेबिच भेटवार्ता

Published on

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबिच सिंहदरबारमा भेटवार्ता भएको छ। आइतबार सत्तारुढ दुई दलका नेताबिच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भेटवार्ता भएको हो। भेटवार्तामा समसामयिक राजनीतिक विषयमा छलफल भएको छ। शनिबार नेकपा ९एमाले० अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा पुगेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भेट्नुभएको विषयमा सामान्य कुराकानी भएको बताइएको छ।

शनिबार सभापति देउवा र ओलीबिच बालकोटमा भेटवार्ता भएको थियो। भेटपछि विभिन्न आशङ्का व्यक्त गरिए पनि एमाले अध्यक्ष ओली अस्वस्थ भएका कारण देउवा भेटघाटका लागि जानुभएको बताइएको छ। प्रधानमन्त्री प्रचण्डसँग भेट गरेपछि अध्यक्ष ओलीले भेटवार्ता भइरहने बताउनुभयो। प्रधानमन्त्री र अध्यक्ष ओलीको भेटका क्रममा जोडिनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भेटवार्तालाई नियमित भन्नुभएको छ।

spot_img

ताजा समाचार

राजनीतिक विषयमा प्रवेश गर्दैनौँ, अशान्ति फैलाउने गतिविधि रोक्छौँ : प्रजिअ पौडेल

काठमाडौं । काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वर पौडेलले विकसित राजनीतिक घटनाक्रमका कारण कुनै पनि...

प्रधानन्यायाधीशसँग मन्त्री गौतमद्वारा शिष्टचार भेट

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसँग उहाँकै कार्यकक्षमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले...

जिर्णता र अतिक्रमणले थलियो राजविराजको राजरङ्गशाला

काठमाडौं । सप्तरी सदरमुकाम राजविराजमा ४६ वर्षअघि निर्माण भएको राजरङ्गशालाको अवस्था अत्यन्तै जिर्ण बनेको छ...

बेसार र अदुवा प्रवर्द्धन गर्न बीउमा अनुदान

काठमाडौं । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले बेसार र अदुवा खेती प्रवर्द्धन गर्नका लागि बीउमा ५०...