महानगरले थाल्यो एसइई तयारी कक्षा

Published on

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा नन ग्रेडेड (अवर्गीकृत) समूहमा परेका विद्यार्थीलाई काठमाडौँ महानगरपालिकाले निःशुल्क खाना र खाजासहित तयारी कक्षा सञ्चालन गरेको छ ।

महानगरपालिकाले आफूमातहतका सामुदायिक विद्यालयका शिक्षकलाई परिचालन गरेर सोमबारदेखि नै परीक्षा तयारी कक्षा सुरु गरिसकेको छ । परीक्षा तयारीमा बसेका विद्यार्थीलाई महानगरपालिकाले खाना र खाजाका लागि पैसासमेत दिने तयारी गरेको छ । महानगरपालिका शिक्षा विभागका अनुसार महानगरपालिकाको कार्यपालिकामा उक्त प्रस्ताव पुगेको भए पनि निर्णय भने भइसकेको छैन । मङ्गलबार वा बुधबार यस विषयमा निर्णय हुने महानगरपालिकाले जनाएको छ । महानगरपालिकाले सय शिक्षकको रोस्टर बनाएर कक्षा सञ्चालन सुरु गरेको हो । ११ वटा स्रोत केन्द्रमा दैनिक करिब ७० वटा कक्षा चल्ने महानगरपालिकाले जनाएको छ । ग्रेडवृद्धि परीक्षा तयारी कक्षामा ८७३ विद्यार्थी सहभागी हुने महानगरपालिकाका शिक्षा अधिकारी गोविन्द शर्माले जानकारी दिनुभयो । महानगरपालिकाभित्रका ५८ वटा सामुदायिक विद्यालयबाट एसइईमा तीन हजार ९५९ जना विद्यार्थी सहभागी भएका थिए । जसमध्ये तीन हजार ८६ जना ग्रेडेड (वर्गीकृत) समूहमा परेका थिए ।

महानगरका सामुदायिक विद्यालयमध्ये विषयगत रूपमा सबैभन्दा धेरै ४५९ जना विद्यार्थी गणित विषयमा अनुत्तीर्ण भएका छन् । त्यसपछि अर्थशास्त्रमा २१९ जना, विज्ञानमा २६६ जना, सामाजिकमा १८९ जना, नेपालीमा ११६ जना अनुत्तीर्ण भएका छन् । त्यस्तै अङ्ग्रेजीमा ९१ जना, लेखामा ७० जना, अप्सनल म्याथमा ५८ जना, कम्प्युटरमा २० जना, जनसङ्ख्यामा आठ जना अनुत्तीर्ण भएका छन् । गोरखापत्र

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...