महानगरले थाल्यो एसइई तयारी कक्षा

Published on

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा नन ग्रेडेड (अवर्गीकृत) समूहमा परेका विद्यार्थीलाई काठमाडौँ महानगरपालिकाले निःशुल्क खाना र खाजासहित तयारी कक्षा सञ्चालन गरेको छ ।

महानगरपालिकाले आफूमातहतका सामुदायिक विद्यालयका शिक्षकलाई परिचालन गरेर सोमबारदेखि नै परीक्षा तयारी कक्षा सुरु गरिसकेको छ । परीक्षा तयारीमा बसेका विद्यार्थीलाई महानगरपालिकाले खाना र खाजाका लागि पैसासमेत दिने तयारी गरेको छ । महानगरपालिका शिक्षा विभागका अनुसार महानगरपालिकाको कार्यपालिकामा उक्त प्रस्ताव पुगेको भए पनि निर्णय भने भइसकेको छैन । मङ्गलबार वा बुधबार यस विषयमा निर्णय हुने महानगरपालिकाले जनाएको छ । महानगरपालिकाले सय शिक्षकको रोस्टर बनाएर कक्षा सञ्चालन सुरु गरेको हो । ११ वटा स्रोत केन्द्रमा दैनिक करिब ७० वटा कक्षा चल्ने महानगरपालिकाले जनाएको छ । ग्रेडवृद्धि परीक्षा तयारी कक्षामा ८७३ विद्यार्थी सहभागी हुने महानगरपालिकाका शिक्षा अधिकारी गोविन्द शर्माले जानकारी दिनुभयो । महानगरपालिकाभित्रका ५८ वटा सामुदायिक विद्यालयबाट एसइईमा तीन हजार ९५९ जना विद्यार्थी सहभागी भएका थिए । जसमध्ये तीन हजार ८६ जना ग्रेडेड (वर्गीकृत) समूहमा परेका थिए ।

महानगरका सामुदायिक विद्यालयमध्ये विषयगत रूपमा सबैभन्दा धेरै ४५९ जना विद्यार्थी गणित विषयमा अनुत्तीर्ण भएका छन् । त्यसपछि अर्थशास्त्रमा २१९ जना, विज्ञानमा २६६ जना, सामाजिकमा १८९ जना, नेपालीमा ११६ जना अनुत्तीर्ण भएका छन् । त्यस्तै अङ्ग्रेजीमा ९१ जना, लेखामा ७० जना, अप्सनल म्याथमा ५८ जना, कम्प्युटरमा २० जना, जनसङ्ख्यामा आठ जना अनुत्तीर्ण भएका छन् । गोरखापत्र

spot_img

ताजा समाचार

राजनीतिक विषयमा प्रवेश गर्दैनौँ, अशान्ति फैलाउने गतिविधि रोक्छौँ : प्रजिअ पौडेल

काठमाडौं । काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वर पौडेलले विकसित राजनीतिक घटनाक्रमका कारण कुनै पनि...

प्रधानन्यायाधीशसँग मन्त्री गौतमद्वारा शिष्टचार भेट

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसँग उहाँकै कार्यकक्षमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले...

जिर्णता र अतिक्रमणले थलियो राजविराजको राजरङ्गशाला

काठमाडौं । सप्तरी सदरमुकाम राजविराजमा ४६ वर्षअघि निर्माण भएको राजरङ्गशालाको अवस्था अत्यन्तै जिर्ण बनेको छ...

बेसार र अदुवा प्रवर्द्धन गर्न बीउमा अनुदान

काठमाडौं । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले बेसार र अदुवा खेती प्रवर्द्धन गर्नका लागि बीउमा ५०...