म्यान्मारकी प्रजातन्त्रवादी नेत्री सुकीको घर किन्न पुनः बोलपत्र आह्वान

Published on

काठमाडौं । जेलजीवन बिताइरहेकी म्यान्मारकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकीलाई वर्षौंसम्म नजरबन्दमा राखेको लेकसाइडस्थित घर बिहीबार दोस्रो पटक लिलामीका लागि राखिएको छ । सन् २०२१ को सैन्य ‘कू’ पछि हिरासतमा लिइएका नोबेल पुरस्कार विजेता नोबेल पुरस्कार विजेता र उहाँका भाइबिच दशकौं लामो विवादपछि दुई तले घर र १.९ एकड जमिन बिक्रीका लागि राखिएको थियो । लिलामीका लागि न्युनतम ३०० अर्ब क्याट (१४ करोड अमेरिकी डलर) तोकिएको थियो ।

मिन किनबेचको काम गर्ने एक स्थानीय दलालले मार्चमा एएफपीलाई बताएअनुसार याङ्गुन आसपासका क्षेत्रमा पनि यो जमिन र यस्तै आकारका घरको मूल्य १० देखि २० लाख अमेरिकी डलरभित्र पाइन्छ । लिलामीअघि म्यान्माका लागि अमेरिकी दूतावास नजिकै युनिभर्सिटी एभिन्यूमा रहेको औपनिवेशिक कालको घरबाहिर पत्रकारको सानो भीड जम्मा भएको थियो । गेटमाथि सुकीका पिता, स्वतन्त्रताका नायक आङ सानको चित्र राखिएको छ भने घरलाई सशस्त्र प्रहरीले पहरा दिइरहेको छ । स्थानीय अदालतले ढोकामा टाँसेको सूचनामा घर, घरभित्र रहेको सम्पत्ती र जग्गा सुकीकी आमा ‘दाउ खिन की’को नाममा रहेको उल्लेख छ ।

सन् १९८८ मा तत्कालीन जुन्ताविरुद्ध भएको विशाल प्रदर्शनका क्रममा सुकीलाई गोली हानेपछि सेनाले करिब १५ वर्षसम्म घरको भत्किएको पर्खालभित्र थुनेर राखेको थियो । इङ्गल्याण्डमा आफ्ना पति र छोराछोरीबाट अलग्गिएकी सुकीले एक प्रजातन्त्रवादी नेताको रूपमा आफ्नो हैसियत बढ्दै जाँदा घरमा पियानो बजाउँदै, जासूसी उपन्यासहरू पढ्दै र ध्यान गर्दै उक्त घरमा समय बिताउनुभएको थियो । प्रजातन्त्र र अहिंसाको माध्यमबाट सैन्य शासनविरुद्ध लड्ने उहाँको भाषण सुन्न सयौँ मानिस नियमित रूपमा घरबाहिरको फुटपाथमा भेला हुने गर्थे । सन् २०१० मा रिहा भएपछि पनि उहाँ त्यही घरमा बसी विदेशी नेता, पत्रकार र कूटनीतिज्ञहरूसँग भेटवार्ता गर्नुभएको थियो । सन् २०१२ मा तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाले सुकीको घरको अवलोकन गर्नुभएको थियो । ओबामाले सुकीलाई ‘लोकतन्त्रको प्रतीक’ को संज्ञा दिनुभएको थियो । सुकीले सन् २०१२ मा याङ्गुन छोड्नुभएको थियो र सेनासँग सत्ता साझेदारी गर्दै राजधानी न्यापित जानुभएको थियो । सन् २०२१ को फेब्रुअरी १ मा सेनाले पुनः सत्ता कब्जा गरेपछि उहाँलाई हिरासतमा लिइएको थियो र १० वर्ष लामो प्रजातन्त्रको प्रयोग अन्त्य गरेको थियो । उहाँको गिरफ्तारीले दक्षिणपूर्वी एसियाली राष्ट्र म्यान्मामा रक्तपातपूर्ण उथलपुथल निम्त्याएको छ भने उहाँको निर्वाचित सरकारको सट्टा सेनाप्रति बफादार (जुन्टा सरकार) ले सत्ता चलाइरहेको छ । रासस\एएफपी

ताजा समाचार

डब्लुएफपीले म्यान्मामा खाद्य सहायता कटौती गर्ने

काठमाडौँ । ‘महत्त्वपूर्ण कोषको कमी’ को कारणले म्यान्माका १० लाखभन्दा बढी मानिस अप्रिलदेखि खाद्य...

भारतीय अन्तरिक्ष मिसन स्पाडेक्स उपग्रहको सफलतापूर्वक ‘अनडकिङ’ पूरा

काठमाडौँ । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले ‘स्पेस डकिङ’ (स्पाडेक्स) मिसनअन्तर्गत दुई वटा...

एसइईमा ४ जिपिए ल्याउनेलाई बारपाक सुलीकोटले एक लाख दिने

काठमाडौँ । गोरखाको बारपाक सुलीकोट गाउँपालिकाले यस वर्षको एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने पालिका...

गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन, उत्पादनकत्व र उद्यमशीलता वृद्धि गरी गरिबी निवारणलाई...