सडक दुर्घटना : कर्णालीमा वार्षिक एक हजारको मृत्यु

Published on

काठमाडौं । कर्णाली प्रदेशमा आर्थिक वर्षमा एक हजार बढी सडक दुर्घटना भएका छन् । आर्थिक वर्ष २०८०\०८१ मा कर्णाली प्रदेशका दश जिल्लामा एक हजार ८६ सडक दुर्घटना भएको तथ्याङ्क छ । दुर्घटनाबाट एक सय १२ जनाको मृत्यु भएको छ भने दुई हजार ७७ जना दुर्घटनामा परि घाइते भएका छन् । प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतले दिएको जानकारी अनुसार सबै भन्दा बढी सडक दुर्घटनाबाट मानवीय क्षति सुर्खेत जिल्लामा भएको छ । एक वर्षमा सुर्खेत जिल्लामा भएका ६७३ दुर्घटना भएका छन् । दुर्घटनामा एक हजार १८४ जना घाइते भएका छन् । प्रदेश ट्राफिक कार्यालय सुर्खेतका सूचना अधिकारी तथा प्रहरी निरीक्षक भूपेन्द्रजंग शाहीले मानवीय क्षति कम भए पनि घाइतेको सङ्ख्या आर्थिक वर्ष २०८०\०८१ मा बढेको बताउनुभयो । सुर्खेतपछि दोस्रो नम्बरमा सडक दुर्घटना सल्यान जिल्लामा भएको छ । सल्यानमा सडक दुर्घटनाका कारण १९ जनाको ज्यान गएको छ भने २७१ जना घाइते भएको ट्राफिक प्रहरीको तथ्याङ्कमा उल्लेख छ । सल्यानमा गत साउन यता एक वर्षमा १०४ वटा सडक दुर्घटना भएका थिए । मानवीय क्षतिका हिसाबले सुर्खेत जिल्ला पछि रुकुम पश्चिममा भएको छ ।

रकममा ८० वटा सडक दुर्घटनामा २३ जनाको मृत्यु भएको छ भने १५५ जना घाइते भएका छन् । यस्तै, दैलेख जिल्लामा एक वर्षमा ६० दुर्घटना भएका छन् । ६० वटा सडक दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने १३८ जना घाइते भएका छन् । कालीकोट र जुम्ला जिल्लामा सडक दुर्घटनामा भएको मृत्युको सङ्ख्या बराबर छ । कालीकोटमा एक वर्षमा ४२ वटा दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ भने ९६ जना घाइते भएका छन् । उता जुम्लामा ३५ वटा सडक दुर्घटनामा परि सात जनाको मृत्यु भएको छ भने ६० जना घाइते भएका छन् । जुम्ला र कालीकोटको सडक दुर्घटनाबाट भएको मृत्यु सङ्ख्या बराबर भए पनि दुर्घटना सङ्ख्या र घाइते सङ्ख्या भने फरक छ । मुगु जिल्लामा १३ वटा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । मुगुमा घाइतेको सङ्ख्या ३९ जना छ । जाजरकोट जिल्लामा एक वर्ष ५२ वटा सडक दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने ८७ जना घाइते भएको प्रहरीको तथ्याङ्क छ ।

हिमाली जिल्ला हुम्लामा पनि आर्थिक वर्ष २०८०\०८१ मा १७ वटा सडक दुर्घटना हुँदा चार जनाको मृत्यु र २६ जना घाइते भएका छन् । सडकको सबैभन्दा कम पहुँच भएको हुम्लामा पनि १७ दुर्घटना हुनु दुखद भएको सामुदायिक रेडियो श्रीनगरका अध्यक्ष नवराज महताराको भनाइ छ । मानवीय हिसाबले सडक दुर्घटनाबाट सबै कम क्षति भएको जिल्ला डोल्पा देखिएको छ । डोल्पामा सडक दुर्घटना १२ वटा भए पनि मृत्युको सङ्ख्या जम्मा एक जना मात्र छ । डोल्पामा सडक दुर्घटनाबाट २१ जना घाइते भएको प्रदेश ट्राफिक कार्यालय सुर्खेतले जनाएको छ ।

प्रहरी निरीक्षक शाहीले सडक दुर्घटनाका कारणले मृत्यु हुनेको सङ्ख्या गत आर्थिक वर्ष २०७९\०८० को तुलनामा घटेपनि दुर्घटनामा घाइते हुनेको सङ्ख्यामा वृद्धि भएको बताउनुभयो । आर्थिक वर्ष २०७९\०८० मा सवारी दुर्घटनाको सङ्ख्या जम्मा ५४६ वटा छ । जसमा मृत्यु हुनेको सङ्ख्या १२३ जना थियो भने घाइते एक हजार ९० जना भएका थिए। आर्थिक वर्ष २०८०\०८१ को दुर्घटनाको सङ्ख्या ९९६ ले बढेको छ । गत तीन वर्षको तथ्याङ्क हेर्दा पछिल्लो समय सडक दुर्घटनामा वृद्धि भइरहेको पाइएको छ । जथाभाबी सवारीसाधन चलाउने प्रायः किशोरावस्थाका चालक भएकाले दुर्घटनामा भइरहने प्रहरीको भनाइ छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...