सरकार विधिको शासन कायम गराउँछ : गृहमन्त्री लेखक

Published on

काठमाडौं । सङ्घ सरकारका गृहमन्त्री रमेश लेखकले दिगो शान्ति, विकास, सुशासन र समृद्धिको लागि वर्तमान सरकार अग्रसर रहेको दाबी गर्नुभयो । बिहीबार जनकपुरधाम विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा सङ्घीय गृहमन्त्री लेखकले वर्तमान सरकारको नयाँ कदमले मुलुकमा शान्ति सुव्यवस्था र विधिको शासन कायम हुने दाबी गर्नुभएको हो । उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशितालाई कार्यान्वयन गर्ने र थप सुदृढ बनाउन नयाँ सत्ता समीकरणले कदम चालेको बताउनुभयो । उहाँले भन्नुभयो,“मुलुकमा सरकारको स्थिरता, राजनीतिक स्थिरता र अर्थतन्त्रलाई क्रियाशील बनाउन, आर्थिक गतिविधि बढाउन र सङ्घीय लोकतान्त्रिक, गणतन्त्रात्मक व्यवस्था र समावेशितालाई थप सुदृढ र कार्यान्वयन गर्ने उद्देश्य साथ नयाँ समीकरण सरकार बनेको छ , त्यसकारण मुलुकमा शान्ति व्यवस्था र विधिको शासन कायम हुन्छ ।” सरकार चलायमान र गतिशील हुन्छ, आर्थिक समृद्धि पनि हुन्छ, उहाँले भन्नुभयो ।’

गृहमन्त्री लेखकले पत्रकारहरूसँगको कुराकानीमा प्रहरी समायोजन र प्रदेश प्रहरी गठन हुने हिसाबले वर्तमान सरकार अगाडि बढेको बताउनुभयो । उहाँले सङ्घको प्रहरीका कानुन संशोधन गर्ने गरेर नेपाल प्रहरी ऐन २०१२ मा आवश्यक संशोधन गर्ने र परिमार्जन गरेर नयाँ कानुन बनाउने बताउनुभयो । उहाँले भन्नुभयो,“नयाँ कानुन बनाउने गरी गृह मन्त्रालय अगाडी बढेको छ, विभिन्न मन्त्रालयहरूको सहमतिपछि संसद्मा जाने छ ।”

धनुषा र सिराहा जिल्लाका विभिन्न स्थानहमा भ्रमणमा लागि गृहमन्त्री जनकपुरधाम विमानस्थलमा आउनुभएको थियो । स्वर्गीय प्रदीप गिरीको दोस्रो वार्षिकी कार्यक्रममा सहभागी हुने, जिल्ला सुरक्षा समिति सिराहा पदाधिकारीहरूसँग अन्तरक्रिया कार्यक्रम रहेको नेपाली काँग्रेस मधेस प्रदेश सूचना सञ्चार तथा प्रचार प्रसार विभाग प्रमुख नितेशकुमार गुप्ताले जानकारी दिनुभयो । शुक्रवार बिहान गृहमन्त्री लेखकले जिल्ला प्रशासन कार्यालय धनुषाको भवन शिलान्यास गर्ने कार्यक्रम र जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूसँग छलफल एवं अन्तरक्रिया कार्यक्रम रहेका सूचना सञ्चार तथा प्रचार प्रसार विभाग प्रमुख गुप्ताले बताउनुभयो । सोही दिन नेपाली काँग्रेसका पदाधिकारीहरूसँग पनि बृहत् छलफल कार्यक्रम छ ।गोरखापत्र

spot_img

ताजा समाचार

राजनीतिक विषयमा प्रवेश गर्दैनौँ, अशान्ति फैलाउने गतिविधि रोक्छौँ : प्रजिअ पौडेल

काठमाडौं । काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वर पौडेलले विकसित राजनीतिक घटनाक्रमका कारण कुनै पनि...

प्रधानन्यायाधीशसँग मन्त्री गौतमद्वारा शिष्टचार भेट

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसँग उहाँकै कार्यकक्षमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले...

जिर्णता र अतिक्रमणले थलियो राजविराजको राजरङ्गशाला

काठमाडौं । सप्तरी सदरमुकाम राजविराजमा ४६ वर्षअघि निर्माण भएको राजरङ्गशालाको अवस्था अत्यन्तै जिर्ण बनेको छ...

बेसार र अदुवा प्रवर्द्धन गर्न बीउमा अनुदान

काठमाडौं । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले बेसार र अदुवा खेती प्रवर्द्धन गर्नका लागि बीउमा ५०...