सन् २०२६ विश्वकपमा नौ वा दश अफ्रिकी देशले भाग लिने : फिफा अध्यक्ष

Published on

काठमाण्डौँ । फिफा अध्यक्ष जियानी इन्फान्टिनोले कम्तीमा नौ अफ्रिकी टोलीले संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानडामा हुने सन् २०२६ को विश्वकपमा प्रतिस्पर्धा गर्ने पुष्टि गर्नुभएको छ । इथियोपियाको राजधानी अदिस अबाबामा मङ्गलबार अफ्रिकी फुटबलको ४६औँ कन्फेडेरेसन (सिएएफ) को साधारणसभामा बोल्ने क्रममा उहाँले भन्नुभयो, “सन् २०२६ मा हुने विश्वकपमा नौ वा दश अफ्रिकी देशले भाग लिनेछन् ।” उहाँले यो वृद्धि फिफाको विस्तारित विश्वकप ढाँचाअनुसार गरिने जानकारी दिनुभयो ।

उहाँले अफ्रिकी देशहरूलाई महादेशका युवा फुटबल खेलाडीहरूको क्षमतामा थप लगानी गर्न र बाहिर निकाल्न आग्रह गर्नुभयो । “म तपाई सबैलाई युवा फुटबलमा लगानी जारी राख्न प्रोत्साहित गर्दछु किनभने ती युवायुवतीहरू भोलिका ताराहरू हुन्” उहाँले भन्नुभयो । फिफाले महिला विश्वकपमा सहभागी अफ्रिकी टोलीको सङ्ख्या छ पुर्‍याउनेबारे पनि विचार गरिरहेको उहाँले बताउनुभयो । मोरक्कोले सन् २०३० मा फिफा विश्वकप आयोजना गर्ने तयारी गरेको छ । मोरक्को विश्वकप आयोजना गर्ने दोस्रो अफ्रिकी मुलुक बन्नेछ ।

सम्मेलनको उद्घाटन सत्रमा इथियोपियाका अध्यक्ष तायेओन सेलासीले सिएएफलाई सन् २०२९ अफ्रिका कप अफ नेसन्स प्रतियोगिता आयोजना गर्न इथियोपियालाई समर्थन गर्न अपिल गर्नुभयो । पूर्व अफ्रिकी फुटबल स्टारहरू स्यामुएल इटो, जे–जे ओकोचा, एल–हदजी डिउफ ४६औं सिएएफ साधारण साधारणसभामा सहभागी हुनुहुन्थ्यो । रासस/सिन्ह्वा

spot_img

ताजा समाचार

सुक्खा पहिरो खसेर मेची राजमार्ग अवरुद्ध

काठमाडौँ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–८ दोखुस्थित खोक्से खोला–ल्याङ्बा सडकखण्डमा सुक्खा पहिरो खसेर मेची राममार्ग...

अर्थमन्त्री वाग्लेद्वारा पदभार ग्रहणः १५ वटा ऐन र राजस्व अनुसन्धान विभाग खारेज प्रक्रिया अघि बढाउने निर्णय

काठमाडौँ । नवनियुक्त अर्थमन्त्री डा स्वार्णिम वाग्लेले पदभार ग्रहण गर्नुभएको छ । राष्ट्रपति रामचन्द्र...

सञ्चारमन्त्री डा. तिमल्सिनाद्वारा पदभार ग्रहण

काठमाडौँ । नुवाकोट–१ बाट निर्वाचित सांसद डा. विक्रम तिमल्सिना सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा...

प्रधानमन्त्री शाहलाई भारतीय समकक्षी मोदीको बधाई

काठमाडौँ । नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बधाई दिनुभएको...