पोलियो उन्मूलन गर्ने अभियानमा संलग्न हुन स्वास्थ्यमन्त्रीको आग्रह

Published on

काठमाण्डौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले पोलियो उन्मूलन गर्ने विश्वव्यापी अभियानमा संलग्न हुन अनुरोध गर्नुभएको छ । विश्व पोलियो दिवसको अवसरमा मन्त्री पौडेलले भिडियो सूचना जारी गर्दै यस्तो अनुरोध गर्नुभएको हो । मन्त्री पौडेलले पोलियो उन्मूलन गर्ने अभियानमा आफ्ना बालबालिकालाई एक वर्षको उमेरभित्र एकरएक महिनाको फरकमा तीन पटक पोलियो थोपा खुवाएर संलग्न हुन आग्रह गर्नुभएको हो । सरकारले राष्ट्रिय खोप तालिकामा पोलियो खोप समावेश गरेर १४ र नौ महिनाको उमेरमा एक एक पटक लगाउने व्यवस्था गरेको छ ।

संसारबाट पोलियो रोग उन्मूलन नभएसम्म पोलियो जस्तो घातक रोगको जोखिममा रहिरहने हुँदा बालबालिकालाई सरकारले प्रदान गर्ने सम्पूर्ण खोपहरुको पूर्ण मात्रा लगाएर सुरक्षित गर्नु गराउन मन्त्री पौडेलको अनुरोध छ । मन्त्री पौडलेका अनुसार अझै पनि केही देशमा पोलियोका नयाँ बिरामी देखापर्नुका साथै कतिपय देशमा वातावरणमा पनि पोलियोका भाइरसहरु देखिएको हुँदा पोलियोको जोखिम कायम नै छ । हाम्रो देशको सन्दर्भमा पनि वातावरणमा पोलियो भाइरस भए नभएको बारे गरिने निगरानीलाई थप प्रभावकारी बनाइएको मन्त्री पौडेलको भनाइ छ ।

पोलियो कस्तो रोग हो ?
चिकित्सकका अनुसार पोलियो रोग पोलियो भाइरसबाट हुने सङ्क्रामक रोग हो । पोलियो भाइरसबाट सङ्क्रमण भएमा ज्वरो आउने, पखाला लाग्ने, जिउ दुख्ने, थकान महसुस हुने जस्ता लक्षण देखिन्छन् । यो रोग लाग्यो भने गम्भीर किसिमका लक्षण जस्तै पक्षघात हुनुका साथै बिरामीको मृत्यु हुनसक्छ । पोलियो रोग दूषित खाना र पानीको माध्यबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दछ । पोलियो रोग जुनसुकै उमेरका मानिसलाई पनि लाग्न सक्ने उहाँ बताउनुहुन्छ । तर पाँच वर्षमुनिका बालबालिका बढी जोखिममा हुन्छन् । चिकित्सकका अनुसार यो रोगबाट बच्न व्यक्तिगत सरसफाइ, शुद्धीकरण गरिएको पानी र स्वच्छ खानामा विशेष ध्यान दिन चिकित्सकको सुझाव छ । यो रोगको हालसमम कुनै निश्चित उपचार छैन । यो रोगबाट सुरक्षित हुने सबैभन्दा उत्तम र प्रभावकारी उपाय पोलियो खोप हो ।

spot_img

ताजा समाचार

सुक्खा पहिरो खसेर मेची राजमार्ग अवरुद्ध

काठमाडौँ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–८ दोखुस्थित खोक्से खोला–ल्याङ्बा सडकखण्डमा सुक्खा पहिरो खसेर मेची राममार्ग...

अर्थमन्त्री वाग्लेद्वारा पदभार ग्रहणः १५ वटा ऐन र राजस्व अनुसन्धान विभाग खारेज प्रक्रिया अघि बढाउने निर्णय

काठमाडौँ । नवनियुक्त अर्थमन्त्री डा स्वार्णिम वाग्लेले पदभार ग्रहण गर्नुभएको छ । राष्ट्रपति रामचन्द्र...

सञ्चारमन्त्री डा. तिमल्सिनाद्वारा पदभार ग्रहण

काठमाडौँ । नुवाकोट–१ बाट निर्वाचित सांसद डा. विक्रम तिमल्सिना सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा...

प्रधानमन्त्री शाहलाई भारतीय समकक्षी मोदीको बधाई

काठमाडौँ । नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बधाई दिनुभएको...