प्रहरीले गर्यो मोटरसाइल मोडिफाइ विरुद्ध कारबाही

Published on

काठमाण्डौँ । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले मोटर साइकलको स्वरुप परिवर्तन गर्ने चालकविरुद्ध विशेष अप्रेसन सुरु गरेको जनाएको छ । ठूलो आवाज आउने गरी मोटरसाइकलको स्वरुप परिवर्तन गर्ने चालकविरुद्ध विशेष अप्रेसन सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख, प्रहरी निरीक्षक जनकराज बन्जराले जानकारी दिनुभयो । यसरी मोटर साइकलको स्वरुप परिवर्तन गर्ने १४ वटा मोटरसाइकललाई नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अघि बढाइएको उहाँले जानकारी दिनुभयो । मोटरसाइकल चालकले साइलेन्सर, ह्याण्डल, लाइटलगायतका पार्टपुर्जा परिवर्तन गर्ने गरेको ट्राफिक पदाधिकारीको भनाइ छ ।

सामान्य पार्टपुर्जा परिवर्तनलाई पाँचदेखि सातसय रुपियाँ जरिवाना गरेर पठाउने गरिएको छ । ठूलो परिवर्तन गरेकाहरुलाई यातायात कार्यालय पठाउने गरिएको प्रहरी निरीक्षक बन्जराले बताउनुभयो । यातायात कार्यालयले आफूकहाँ आएको स्वरुप परिवर्तनका मोटरसाइकल चालकलाई पाँचदेखि सात हजार रुपियाँसम्म जरिवाना गर्ने गरेको छ । यातायात कार्यालयको अनुमतिविना मोटरसाइकलको स्वरुप परिवर्तन गर्न पाइँदैन । गोरखापत्र

spot_img

ताजा समाचार

सुक्खा पहिरो खसेर मेची राजमार्ग अवरुद्ध

काठमाडौँ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–८ दोखुस्थित खोक्से खोला–ल्याङ्बा सडकखण्डमा सुक्खा पहिरो खसेर मेची राममार्ग...

अर्थमन्त्री वाग्लेद्वारा पदभार ग्रहणः १५ वटा ऐन र राजस्व अनुसन्धान विभाग खारेज प्रक्रिया अघि बढाउने निर्णय

काठमाडौँ । नवनियुक्त अर्थमन्त्री डा स्वार्णिम वाग्लेले पदभार ग्रहण गर्नुभएको छ । राष्ट्रपति रामचन्द्र...

सञ्चारमन्त्री डा. तिमल्सिनाद्वारा पदभार ग्रहण

काठमाडौँ । नुवाकोट–१ बाट निर्वाचित सांसद डा. विक्रम तिमल्सिना सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा...

प्रधानमन्त्री शाहलाई भारतीय समकक्षी मोदीको बधाई

काठमाडौँ । नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बधाई दिनुभएको...