होमस्टेलाई थारू कला संस्कृतिको अध्ययन केन्द्र बनाइँदै

Published on

काठमाण्डौँ । नेपालगन्जबाट २४ किलोमिटर उत्तर सुर्खेत रोडको नजिकमा रहेको गाभर भ्याली होमस्टे पश्चिम नेपालका थारु समुदायको कला र संस्कृतिको अध्ययन अनुसन्धान केन्द्रका रुपमा विकसित हुँदै गएको छ । गाभर भ्यालीमा रहेका होमस्टेमा थारू समुदायले परापूर्वकालदेखि प्रयोग गर्दै आएको हेल्का, डेल्या, हलो, जुवा, छत्री, जाल, जब्या, डोन्या(दुना), टपरी, तेल पेल्ने कोल, ढिकी, जाँतोजस्ता पौराणिक सामग्री अवलोकन गर्न पाइने व्यवस्था मिलाइएको होमस्टेका सञ्चालक कृष्णलाल चौधरीले बताउनुभयो । उहाँले गाभरका होमस्टेमा विभिन्न थरीका परिकार पाइने भए पनि विशेषगरी थारू परिकारलाई प्राथमिकता दिएको जनाउँदै यो क्षेत्रलाई थारू परिकार र सत्कार पाइने होमस्टेका रूपमा विकास गरेको बताउनुभयो ।

होमस्टेका सञ्चालक चौधरीका अनुसार घर नम्बर १ होमस्टेले थारू समुदायमा प्रचलित देवीदेवताको मूर्ति र चित्र हेर्ने व्यवस्था गरेको छ । सो होमस्टेमा थारू संस्कृति र संस्कारसँग सम्बन्धित मूर्ति तथा लत्ताकपडा अवलोकन गर्न सकिन्छ । उहाँले सो होमस्टे थारू कला संस्कृतिको अध्ययन, अनुसन्धान गर्नेहरूका लागि उचित स्थान बनेको बताउनुभयो । होमस्टेमा थारु समुदायको कला र संस्कृति झल्किने वस्तुहरु राखिएर अवलोकनको व्यवस्था मिलाइएपछि सो अवलोकनका लागि देशभरिबाट विशेषगरी थारु समुदायका अगुवालगायत अन्यहरु पनि त्यहाँ आउने क्रम बढेको गाभर भ्याली होमस्टे सञ्चालक समितिले जनाएको छ । चारैतर्फ पहाडले घेरिएको सुन्दर भ्याली गाभर पछिल्लो समय होमस्टेका कारण चर्चित बनिरहेको छ । यहाँका होमस्टेहरु विशेषगरी रैथाने परिकारका लागि चर्चित छन् ।

सञ्चालक चौधरीका अनुसार होमस्टेले वातावरण संरक्षणलाई समेत विशेष जोड दिएको छ । होमस्टे परिसरमा विभिन्न थरीका फलफूलका बोट र बिरुवाको अवलोकन गर्दै आनन्द लिन सकिने व्यवस्था मिलाइएको छ । होमस्टे परिसरमा अर्जुन, पारिजात, सतिसाल, विजयसाल, धुपीसाल, सतिवन, कपुर, कदम, मौवा, असना, हर्रो, अमला, मालु, बोतलब्रास, सेरी, कचरी, शीतलचिनी, सुनाखरी, अम्लिसो, चमेली, कटहर, लिची, पीपल लगायत विभिन्न जातका कागती, जामुन, निम, बकाइनो, गुलमोहर लगायत फलफूलका बिरुवा लगाइएको छ । गोरखापत्र

ताजा समाचार

कैन्दीबन्दीलाई सिलाइकटाइ तालिम

काठमाडौँ । जिल्ला कारागारका कैदीबन्दीलाई सिलाइकटाइ तालिम दिन सुरु गरिएको छ । पर्यटन तथा...

आफ्नो वडालाई नमुना वडा बनाउन चाहन्छु

कञ्चनपुर जिल्लाको पालिकाहरु मध्ये भीमदत्त नगरपालिका भित्र पर्ने वडा नम्बर १३ यस्तो वडा हो...

आन्दोलनरत आवासीय चिकित्सक र स्वास्थ्य मन्त्रीबिच वार्ता सुरु

काठमाडौँ । निजी मेडिकल कलेजको स्नातक (पीजीमा)का आन्दोलनरत आवासीय चिकित्सक र स्वास्थ्य मन्त्रीबिच वार्ता...

आफ्नो जीवनमा स्वर्गको अनुभव गर्नुहोस् : शान्तिवक्ता रावल

काठमाडैँ । अन्तर्राष्ट्रिय शान्तिवक्ता, सुप्रसिद्ध लेखक एवम् शान्तिदूत प्रमे रावलले हामीले प्राप्त गरेको जीवन...