निःशुल्क आँखा शिविरबाट पाँच सय जना लाभान्वित

Published on

काठमाण्डौँ । अन्नपूर्ण गाउँपालिका–३ दानामा सम्पन्न निःशुल्क आँखा उपचार शिविरबाट करिब पाँच सय जनाले सेवा लिएका छन् । प्रवासमा रहेका दानावासी आबद्ध फ्रेण्डली ब्रदर्स दाना सेरोफेरोको आयोजनामा शुक्रबार र शनिबार ज्ञानप्रकाश माविमा सञ्चालन भएको शिविरमा चार सय ८३ जनाले आँखा परीक्षण, परामर्श, चश्मा, मोतियाबिन्दुको शल्यक्रिया सेवाका साथै निःशुल्क औषधि प्राप्त गरेका अन्नपूर्ण–३ दानाका वडाध्यक्ष रमेश पुर्जाले बताउनुुभयो । चौतीस जना मोतियाबिन्दुका बिरामीको शल्यक्रिया र दुई जनाको आँखामा पलाएको मासु निकालिएको उहाँले बताउनुभयो । दाना, नारच्याङ, भुरुङ–तातोपानी, शिख, घार, दोवा र मुस्ताङको थासाङ गाउँपालिकाका बासिन्दाले पनि शिविरबाट सेवा लिएका थिए । शिविरमा भैरहवाको कृष्ण नेत्रालयकी डा सल्मा केसी, विद्यालयकै पूर्वविद्यार्थी डा सुमिन्द्रा पुनसहितको टोलीले सेवा प्रवाह गरेको थियो । रासस

ताजा समाचार

भारतमा विद्यालय बन्द हुने कारण बन्यो वायु प्रदूषण

काठमाण्डौँ । दिल्लीमा वायु प्रदूषणका कारण विद्यालयहरु बन्द भएका छन् । परिस्थिति एकदमै खराब...

माओवादीका उम्मेदवार घर्ती निर्विरोध निर्वाचित

काठमाण्डौँ । नेकपा माओवादीले रुकुम पूर्वमा खाता खोल्न सफल रहेको छ । कांग्रेस र...

कैलाली जिससमा टीका चौधरी भूल सर्वसम्मत हुँदै

बाठमाण्डौँ । जिल्ला समन्वय समिति (जिसस) कैलालीको प्रमुखका लागि नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले...

ताल भाडामा लिएर माछा र सिङ्गडा खेती

काठमाण्डौँ । बाँकेको जानकी गाउँपालिका –२ नवाजी गाउँका ४२ वर्षीय किसान प्रेम कश्यपले गाउँपालिकासँग...