निःशुल्क रगत उपलब्ध गराउन सम्झौता

Published on

काठमाडौँ । गुल्मीको एक स्थानीय तहले नागरिकलाई निःशुल्क रगत उपलब्ध गराउन सम्झौता गरेको छ । यस जिल्लाको मदाने गाउँपालिकाले यहाँका नागरिकहरुलाई निःशुल्क रूपमा रगत उपलब्ध गराउने उद्धेश्यले नेपाल रेडक्रस सोसाइटी रुपन्देही शाखा अन्तर्गतको रक्तसञ्चार सेवा केन्द्रबिच सम्झौता गरेको हो । गाउँपालिकाले रक्तसञ्चार सेवा बुटवल भैरहवाका लागि रगत सङ्कलन कार्यमा सहयोग गर्नेछ । गाउँपालिकाका नागरिकहरूको रगत अभावका कारण स्वास्थ्यमा हुने जोखिम न्यूनीकरणका लागि पालिकाले सम्झौता गरेको हो ।

गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर कुँवर र नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवाका संयोजक मित्रलाल न्यौपानेले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ । यो सम्झौताको अवधि २०८३ असार मसान्तसम्म रहने गाउँपालिका अध्यक्ष कुँवरले बताउनुभयो । प्रत्येक बिरामीलाई प्रति युनिट रगत उपलब्ध गराए बापत रक्तसञ्चार सेवा केन्द्रलाई गाउँपालिकाले ९५० रुपियाँ रकम भुक्तानी गर्ने सम्झौता भएको छ । निःशुल्क रगत सेवा लिने व्यक्ति मदाने गाउँपालिकाको बासिन्दा भएको प्रमाणित हुने कुनै किसिमको कागजात नागरिकता, मतदाता, परिचय–पत्र, चालक अनुमति पत्र, राहदानी पत्र आदि को प्रतिलिपि विरामीका आफन्तले रक्तसंचार सेवामा रगत वा रक्ततत्व लिन आउँदा पेस गर्नुपर्ने प्रमुख प्रशासकीय अधिकृत शालिकराम पन्थीले बताउनुभयो ।

आपतकालिन अवस्थामा आकस्मिक रगत लिनुपर्ने भएमा सम्बन्धित व्यक्तिले अन्य कागजात पेस गर्न नसकेको अवस्थामा रगतको शुल्क नगद भुक्तानी गर्ने र पछि कागजात पेस गरेमा नगद फिर्ता गरिनेछ । गाउँपालिकाले हरेक वडामा पालो मिलाई कम्तीमा वर्षको २ वटा रक्त सङ्कलन शिविर रक्त सञ्चार सेवाको प्राविधिक सहयोगमा आयोजना गर्ने बताइएको छ । मदाने गाउँपालिकाका जनप्रतिनिधि तथा यहाँ कार्यरत कर्मचारीलाई समेत निःशुल्क रगत उपलब्ध गराइनेछ । यो सम्झौताको अवधि २०८३ साल असार मसान्तसम्म हुने भएको छ ।

spot_img

ताजा समाचार

सुक्खा पहिरो खसेर मेची राजमार्ग अवरुद्ध

काठमाडौँ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–८ दोखुस्थित खोक्से खोला–ल्याङ्बा सडकखण्डमा सुक्खा पहिरो खसेर मेची राममार्ग...

अर्थमन्त्री वाग्लेद्वारा पदभार ग्रहणः १५ वटा ऐन र राजस्व अनुसन्धान विभाग खारेज प्रक्रिया अघि बढाउने निर्णय

काठमाडौँ । नवनियुक्त अर्थमन्त्री डा स्वार्णिम वाग्लेले पदभार ग्रहण गर्नुभएको छ । राष्ट्रपति रामचन्द्र...

सञ्चारमन्त्री डा. तिमल्सिनाद्वारा पदभार ग्रहण

काठमाडौँ । नुवाकोट–१ बाट निर्वाचित सांसद डा. विक्रम तिमल्सिना सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा...

प्रधानमन्त्री शाहलाई भारतीय समकक्षी मोदीको बधाई

काठमाडौँ । नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बधाई दिनुभएको...