चरा संरक्षण र बासस्थान व्यवस्थापनको जरुरी

Published on

काठमाडौँ । कञ्चनपुरको बेलौरी नगरपालिका–६ मा रहेको पुरैनी तालमा चराको संरक्षण र तिनको बासस्थान व्यवस्थापन गर्न जरुरी देखिएको छ । सो तालमा चराको शिकार हुने गरेकाले संरक्षण जरुरी देखिएको हो । यसैगरी, मिचाहा प्रजातिका झारपातको कारणले चराको बासस्थान पनि विनाश भइरहेको छ । बासस्थानको व्यवस्थापन गर्न आवश्यक देखिएको छ । चराविद हिरुलाल डङ्गौराले चराको शिकार र बासस्थानको विनाश पुरैनी तालमा मुख्य चुनौतीको रूपमा देखिएको बताउनुभयो । उहाँले चराको बासस्थान व्यवस्थापनका साथै सो तालमा चराको चोरी शिकार नियन्त्रण गर्न आवश्यक रहेको औंल्याउनुभयो ।

३० बिघा क्षेत्रफलमा फैलिएको पुरैनी तालमा अहिले हिउँदे आगन्तुकदेखि लिएर स्थानीय जलपन्छीको चहलपहल निकै बढेको छ । पुरैनीमा ५५ प्रजातिका जलपन्छी पाइने गरेका छन् । जलपन्छीका लागि स्वर्गको रूपमा रहेको पुरैनी ताल र त्यहाँ रहेका चराको संरक्षण गर्न जरुरी रहेको भारतबाट चरा अवलोकनका लागि आएका चराप्रेमीहरूको भनाइ छ । भविष्यका पिंढीका लागि पन्छी र ताल दुवै जोगाउनु पर्ने उहाँहरूले औंल्याउनुभएको छ । एनिमल वेलफेयर बोर्ड अफ इन्डिया एवम् नेसनल एनिमल वेलफेयर काउन्सिलका सदस्य समाप्रसन्न सेनले पुरैनी ताल र चराको नेपाल सरकारले संरक्षण गर्न आवश्यक रहेको औंल्याउनुभयो ।

“प्रकतिले जे कुरा हामीलाई दिएको छ, त्यसको विनाश नगरौं”, उहाँले थप्नुभयो, “यहाँ रहेको चरा, जलीय वनस्पति, जीव र माछालाई जोगाउनु पर्दछ ।” चैनको जीवन बाँच्नका लागि १३–१४ हजार किलोमिटर पार गरेर साइबेरियन चरा पुरैनीमा पुगेको भन्दै सेनले चरालाई मार्न नहुने उहाँको भनाइ छ । सेनले अगाडि थप्नुभयो, “यी चरा हाम्रो धरोहर हुन । चराको भविष्यका लागि पनि जोगाउनु पर्छ ।”

चरा संरक्षणका लागि स्थानीयलाई जागरुक बनाउन आवश्यक रहेको चराप्रेमीहरूको भनाइ छ । चराहरूको कुनै भुगोल, नक्सा नहुने गरेकाले प्रत्येक वर्ष निर्वाध रूपमा आउने, रमाउने, जाने, फेरि आउने वातावरण बनाउन आवश्यक रहेको भारतको साजाँहपुरबाट आउनु भएका चराप्रेमी डा। अभिनव सक्सेनाले बताउनुभयो । “नेपाल सरकारले यसको संरक्षण गरोस्” उहाँले भन्नुभयो ।

पुरैनी तालमा चरा अवलोकनका लागि सरकारले भ्युटावर निर्माण गरेर सहज रूपमा चरा हेर्ने वातावरण बनाइ दिन पनि चराप्रेमीले आग्रह गरेका छन् । “मान्छेहरू यहाँ आएर चरा हेर्छन् भने चराहरूप्रति उनीहरूको स्नेह, माया अझ बढ्ने छ” सेनले भन्नुभयो, “यसले चरा संरक्षणमा सहयोग पुग्न सक्छ ।”

ताजा समाचार

रु दुई अर्ब बराबरको सम्पत्ति जफतको प्रक्रियामा गृह मन्त्रालय

काठमाडौं । गृह मन्त्रालयले भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति सरकारका नाममा फिर्ता ल्याउन सक्रियता बढाएको...

जग्गाको स्वामित्व नपाएको वनकरियाको गुनासो

काठमाडौँ । मकवानपुरको मनहरी गाउँपालिका–४, मुसेधापमा बसोबास गर्दै आएका लोपोन्मुख समुदायका वनकरियाले जग्गाको स्वामित्व...

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई भ्रष्टाचार मुद्दामा १४ वर्षको जेल सजाय

काठमाडौँ । पाकिस्तानको एक अदालतले पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उहाँकी पत्नी बुशरा...

क्यालिफोर्नियामा आगलागीको जोखिम अझै उच्च

काठमाडौँ । दक्षिणी क्यालिफोर्नियामा अझै पनि डढेलोको उच्च जोखिम रहेको बताइएको छ । अग्नि...