पुननिर्माण कार्यले तीव्रता पाउँछ : गृहमन्त्री लेखक

Published on

काठमाडौं । गृहमन्त्री रमेश लेखकले भूकम्प र बाढी पहिरोबाट क्षति भएका भौतिक संरचनाको पुननिर्माण कार्यलाई तीव्रता दिने बताउनु भएको छ । राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणको २८ औं बैठकमा गृहमन्त्री लेखकले उक्त विपदबाट भएको क्षतिको मुल्यांकन र पुननिर्माण कार्य तीव्र रुपमा अगाडि बढ्ने बताउनु भएको हो ।

‘आज डोटी, बाजुरा, बझाङ र जाजरकोटको भूकम्प तथा बाढी पहिरोले उत्पन्न विपदबाट भएको क्षतिबारे विपद क्षतिको मुल्यांकन (डिडिए)को काम सुरु गर्ने र डिडिए भइसकेको ठाउँमा पुनर्निमाणको काम अगाडि बढाउने निर्णय भएको छ,’ उहाँले भन्नुभयो ।

विपद क्षतिको मुल्यांकन भइसकेको ठाउँमा पुनर्निमाण गर्नका लागि आवश्यक कानुनी र आर्थिक विषयमा निर्णय भएको गृहमन्त्री लेखकले बताउनु भयो । ‘विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन सम्बन्धि मापदण्ड केही समयअघि पारित भइसकेको छ । सोही सम्बन्धी कार्यविधि आज हामीले पारित गरेका छौं । आगामी माग तेस्रो साताबाट जाजरकोटको भूकम्पको विपद क्षतिको मुल्यांकन कार्य सुरु हुनेछ,’ उहाँले भन्नुभयो ।

उक्त निर्णय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन परिषदको बैठकमा प्रस्तुत गर्ने उहाँको भनाइ छ । गृहमन्त्री लेखकका अनुसार साँझ सात बजे प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन परिषदको बैठक बस्दैछ ।

आजको परिषद बैठकले निर्णय गरिसकेपछि पुनर्निमाणको कामले तीव्रता पाउने उहाँको भनाइ छ ।

ताजा समाचार

इरानमा अमेरिकी आक्रमणपछि सत्ता परिवर्तनको बहस सुरु

काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस सुरु...

पशुपति क्षेत्र विकास कोषका १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र...

सप्तरीका किसानको अर्गानिक आँपबाट लाखौं आम्दानी

सप्तरी — कञ्चनरूप नगरपालिका–१२, रूपनगर बस्तीपुरका किसानहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरेर...

नारायणघाट–बुटवल सडक ६ दिनदेखि अवरुद्ध, सयौं मालवाहक सवारी बीच बाटोमै रोकिए

नवलपुर — विनयी खोलामा आएको बाढी र दाउन्नेमा चिप्लो सडकका कारण नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतका...