कोशी प्रदेश सभाको अधिवेशन बोलाउन सिफारिस

Published on

काठमाडौँ । कोशी प्रदेश सरकारले माघ ७ गतेका लागि प्रदेशसभाको छैठौं अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको छ । आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले चार महिनापछि माघ ७ गतेबाट अधिवेशन आव्हान गर्न सिफारिस गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतिरमण भण्डारीले प्रदेशसभाको माघ ७ गते सोमबार दिउँसो २ बजे बस्नेगरी बैठक आव्हान गर्न सिफारिस गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

प्रदेशसभाको बजेट अधिवेशन असोज पहिलो साता अन्त्य भएपछि चार महिना संसदीय गतिविधि करिब ठप्पजस्तै रहेको थियो । यद्यपि यसबिचमा प्रदेशसभा अन्तर्गतका समितिहरुको केही बैठक बसेका थिए । आउँदो अधिवेशनमा छलफलका लागि सरकारले केही नयाँ विधेयक सभामा लैजाने तयारी गरेको छ । केही ऐनहरु संशोधन प्रक्रिया अगाडि बढाउने जनाएको छ । प्रदेशसभाको बैठक लामो समयसम्म सञ्चालन नहुँदा असोज महिनामा गएको बाढीपहिरो, राहात, उद्धार तथा अन्य जनसरोकारका मुद्दामा सरकारको ध्यानाकर्षण गर्न नसकेको भन्दै केही समयअघि विपक्षी दलहरुले प्रदेशसभाको बैठक बोलाउन सरकारको ध्यानाकर्षण गराएका थिए ।

spot_img

ताजा समाचार

सुक्खा पहिरो खसेर मेची राजमार्ग अवरुद्ध

काठमाडौँ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–८ दोखुस्थित खोक्से खोला–ल्याङ्बा सडकखण्डमा सुक्खा पहिरो खसेर मेची राममार्ग...

अर्थमन्त्री वाग्लेद्वारा पदभार ग्रहणः १५ वटा ऐन र राजस्व अनुसन्धान विभाग खारेज प्रक्रिया अघि बढाउने निर्णय

काठमाडौँ । नवनियुक्त अर्थमन्त्री डा स्वार्णिम वाग्लेले पदभार ग्रहण गर्नुभएको छ । राष्ट्रपति रामचन्द्र...

सञ्चारमन्त्री डा. तिमल्सिनाद्वारा पदभार ग्रहण

काठमाडौँ । नुवाकोट–१ बाट निर्वाचित सांसद डा. विक्रम तिमल्सिना सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा...

प्रधानमन्त्री शाहलाई भारतीय समकक्षी मोदीको बधाई

काठमाडौँ । नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बधाई दिनुभएको...