गुरुङ र मगर भाषामा सरकारी कामकाज

Published on

काठमाडौँ । गण्डकी प्रदेश सरकारले गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषाका रुपमा प्रयोगमा ल्याउने भएको छ । यी दुई भाषा बोल्ने समुदायको अधिक बसोबास रहेकोले प्रदेश सरकारी कामकाजको भाषाका रूपमा प्रयोगमा ल्याउने पक्रिया अघि बढेको गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री विन्दुकुमार थापाले बताउनुभयो । भाषा प्रयोग ल्याउनको लागि मगर र गुरुङ भाषा विज्ञ तथा अभियान्ताहरुसँग अन्तरक्रिया र सुझाव सङ्कलन भइरहेको उहाँले बताउनुभयो । मन्त्री थापाले भन्नुभयो, ‘‘सरकारी कामकाजको भाषा बनाउनको लािग गुरुङ तथा मगर भाषाका विज्ञसँग छलफल, अन्तरक्रिया र सुझाव सङ्कलन गरिरहेका छौं ।’’

मन्त्रालयले गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाउने सन्र्दभमा भाषाका विज्ञहरुसँग अन्तरक्रिया तथा सुझाव सङ्लन गरेको छ । दुवै भाषालाई सरकारी कामकाजको भाषा बनाउन विधेयक तयार गरिएको मन्त्री थापाले जानकारी दिनुभयो । मन्त्री थापाले भन्नुभयो, ‘‘भाषाको संरक्षण, सम्वर्द्धन तथा विकास गरी सरकारी कामकाजलाई सरल र सहज बनाउन सरकारी कामकाजको भाषा बनाउन लागेका छौं ।’’ भाषा आयोगले प्रदेशगत सरकारी कामकाजको भाषा निर्धारणका आधारहरु पूरा गर्ने अवस्थामा रहेका मगर र गुरुङ भाषालाई प्रदेशका सरकारी कामकाजका भाषाका रुपमा कार्यान्वयन गर्न सिफारिस गरेको उहाँले बताउनुभयो ।

सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा गण्डकी प्रदेश सरकारले गत साउन २२ गतेको निर्णयबमोजिम उक्त विधेयक तर्जुमाका लागि सैद्धान्तिक सहमति प्राप्त भई मस्यौदा निर्माण प्रक्रियामा रहेको अन्तरक्रिया कार्यक्रममा जनाईएको थियो । आगामी हिउँदे अधिवेशनबाट संसदमा टेबुल गरिनेछ । गण्डकी प्रदेशमा मगर समुदायको बसोबास १८ दशमलव ८ प्रतिशत र गुरुङ समुदायको ११ प्रतिशत छ । नेपालको संविधान २०७२ ले दिएको अधिकार बमोजिम गण्डकी प्रदेश सरकारले सोहि प्रदेशको सरकारी काम काजको भाषाको रुपमा मगर र गुरुङ भाषाको रुपमा अघि बढाउनु खुसीको कुरा भएको कार्यक्रममा सहभागी खड्क पामी आलेले बताउनुभयो । आलेले भन्नुभयो, ‘‘भाषा संरक्षणमा टेवा पुग्ने, सेवा लिन सहज हुने भएकोले चाँडै नै प्रयोगमा ल्याउनु पर्दछ ।’’

spot_img

ताजा समाचार

सुक्खा पहिरो खसेर मेची राजमार्ग अवरुद्ध

काठमाडौँ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–८ दोखुस्थित खोक्से खोला–ल्याङ्बा सडकखण्डमा सुक्खा पहिरो खसेर मेची राममार्ग...

अर्थमन्त्री वाग्लेद्वारा पदभार ग्रहणः १५ वटा ऐन र राजस्व अनुसन्धान विभाग खारेज प्रक्रिया अघि बढाउने निर्णय

काठमाडौँ । नवनियुक्त अर्थमन्त्री डा स्वार्णिम वाग्लेले पदभार ग्रहण गर्नुभएको छ । राष्ट्रपति रामचन्द्र...

सञ्चारमन्त्री डा. तिमल्सिनाद्वारा पदभार ग्रहण

काठमाडौँ । नुवाकोट–१ बाट निर्वाचित सांसद डा. विक्रम तिमल्सिना सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा...

प्रधानमन्त्री शाहलाई भारतीय समकक्षी मोदीको बधाई

काठमाडौँ । नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बधाई दिनुभएको...