नदीजन्य पदार्थको उत्खनन भइरहेको क्षेत्रमा छड्के अनुगमन

Published on

काठमाडौँ । जिल्लामा नदीजन्य पदार्थको उत्खनन् भइरहेको क्षेत्रमा जिल्ला समन्वय समितिको टोलीले छड्के अनुगमन गरेको छ । जिल्लाको झिमरुक गाउँपालिकाअन्तर्गत रहेका विभिन्न निर्माणाधीन सडक, पुल, सामुदायिक अस्पताल तथा नदीजन्य पदार्थको उत्खनन् भइरहेको क्षेत्र घाटको अनुगमन गरिएको हो । झिमरुक गाउँपालिका ३ र ८ नम्बर वडामा पर्ने झिमरुक नदीअन्तर्गत खमारिघाट क्षेत्र १ र २, झिमरुक गाउँपालिका ३,७ र ८ नम्बर वडा भित्रमा पर्ने झिमरुक नदीअन्तर्गत बालुवा लामासेरा र झिमरुक गाउँपालिका–१ स्थित गर्तनखोला ९बालुवा० क्षेत्रमा भइरहेको नदीजन्य पदार्थको उत्खननको अवस्थाबारे समग्र पक्षमा अनुगमन गरिएको जिसस प्रमुख तथा जिल्ला अनुगमन समितिका संयोजक धर्मबहादुर जिसीले जानकारी दिनुभयो ।

नदीजन्य पदार्थ, ढुङ्गा, गिट्टी, बालुवा घाटहरूबाट के कसरी निकालिएको छ ? रोयल्टी के कस्तो छ ? अवैध निकासी भएको छ छैन मापदण्ड पूरा गरिएको छ, छैन ? भन्ने विषयमा प्राविधिकसहितको टोलिले अनुगमन गरिएको उहाँले जानकारी दिनुभयो । अनुगमनका क्रममा देखिएका कतिपय कमजोरीलाई पहिलोपटक सुधार गर्न भनिएको र अर्कोपटक अनुगमन गर्दा सुधार नगरिएको पाइएमा कानुन अनुसार कारबाही प्रक्रिया अगाडि बढाउने गरी सुझाव दिएको जानकारी दिनुभयो । नियम विपरीतका हरेक गतिविधि रोक्न समेत अनुगमनका क्रममा सुझाव दिएको उहाँले जानकारी दिनुभयो ।

अत्यन्तै सुस्त गतिमा निर्माण भइरहेको मदन भण्डारी राजमार्गलाई तीव्र गतिमा निर्माण कार्य अगाडि बढाउन सुझाव दिएको छ । साइटमा ब्याक कटिङ्ग र विभिन्न संरचनाको स्थलगत अनुगमन गरिएको हो । त्यस्तै भर्खरै सिलान्यास भई निर्माण कार्य सुरु भइरहेको झिमरुक नदीमा पर्ने किटघाट पुलको अनुगमन गरिएको छ । निर्माण कार्य तोकिएको समय सीमामै सम्पन्न गर्न निर्माण कम्पनीलाई सुझाव दिएको प्रमुख जिसीले बताउनुभयो । किटघाट पुलको कामले गति लिएको समेत जानकारी दिनुभयो । झिमरुक गाउँपालिका–३ लामासेरामा रहेको गौमुखी एग्रिगेटको समेत विभिन्न पक्षको अनुगमन गरिएको प्रमुख जिसीले बताउनुभयो ।

जिल्ला समन्वय समितीलाई अनुगमन गर्ने अघिकार दिए पनि कारबाही गर्ने अधिकार नहुँदा अनुगमन तथा निरीक्षण कामको प्रभावकारितामा समस्या भएको जिसस उप–प्रमुख दुर्गा रेग्मीले बताउनुभयो । “कतिपय कानुनी जटिलता छ । जसले गर्दा पनि जिल्ला समन्वय समिती एक्सनमा जान सक्दैन ।’’ उहाँले भन्नुभयो ,“अनुगमन गरेर राय सुझाव दिनेमात्र कामले उपलब्धि आउन सकेको छैन ।’’ त्यसका लागि जिससको भूमिका र अधिकार फराकिलो बनाउनुपर्ने उप–प्रमुख रेग्मीले बताउनुभयो ।

spot_img

ताजा समाचार

सुक्खा पहिरो खसेर मेची राजमार्ग अवरुद्ध

काठमाडौँ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–८ दोखुस्थित खोक्से खोला–ल्याङ्बा सडकखण्डमा सुक्खा पहिरो खसेर मेची राममार्ग...

अर्थमन्त्री वाग्लेद्वारा पदभार ग्रहणः १५ वटा ऐन र राजस्व अनुसन्धान विभाग खारेज प्रक्रिया अघि बढाउने निर्णय

काठमाडौँ । नवनियुक्त अर्थमन्त्री डा स्वार्णिम वाग्लेले पदभार ग्रहण गर्नुभएको छ । राष्ट्रपति रामचन्द्र...

सञ्चारमन्त्री डा. तिमल्सिनाद्वारा पदभार ग्रहण

काठमाडौँ । नुवाकोट–१ बाट निर्वाचित सांसद डा. विक्रम तिमल्सिना सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा...

प्रधानमन्त्री शाहलाई भारतीय समकक्षी मोदीको बधाई

काठमाडौँ । नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बधाई दिनुभएको...