बागलुङका ११ हजार किशोरीलाई एचपिभी खोप

Published on

काठमाडौँ । यही माघ २२ देखि फागुन ३ गतेसम्म जिल्लाका ११ हजार पाँच सय ५५ जना किशोरीलाई एचपिभी खोप लगाइने भएको छ । महिलाको पाठेघरको मुखमा लाग्ने क्यान्सर उन्मूलन गर्न एचपिभी खोप लगाइने प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ । जनस्वास्थ्य कार्यालयका प्रमुख घनश्याम सापकोटाका अनुसार यो वर्ष जिल्लाका १० पालिकाका कक्षा ६ देखि १० सम्म अध्ययनरत १० देखि १४ वर्ष उमेर समूहका युवतीलाई एचपिभी लगाइने छ ।

माघ २२ देखि २८ गतेसम्म पहिलो चरणमा छ पालिका र दोस्रो चरणमा फागुन ३ सम्म लगाइनेछ । पहिलो चरणमा छ पालिका र दोस्रो चरणमा चार पालिकामा खोप अभियान चलाइने छ । खोप लगाउन तीन सय १५ स्वास्थ्यकर्मी, छ सय २६ जना स्वयंसेविका परिचालन गरिएको छ भने तीन सय १२ खोप केन्द्र निर्धारण गरिएको छ । स्त्रीरोग विशेषज्ञ विजय ओझाका अनुसार एक दिनमा नेपालमा चार जना महिलाको पाठेघरको क्यान्सरबाट मृत्यु हुने गरेकाले किशोरीलाई खोप लगाउँदा भविष्यमा हुने क्यान्सरबाट बच्न सक्ने बताउनुभयो । ओझाले शारीरिक सम्पर्कमा आउनुभन्दा पहिला खोप लगाउँदा प्रभावकारी हुने भएकाले १० देखि १४ वर्ष उमेर समूहका किशोरी छनोट गरिएको बताउनुभयो । रासस

ताजा समाचार

इरानमा अमेरिकी आक्रमणपछि सत्ता परिवर्तनको बहस सुरु

काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस सुरु...

पशुपति क्षेत्र विकास कोषका १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र...

सप्तरीका किसानको अर्गानिक आँपबाट लाखौं आम्दानी

सप्तरी — कञ्चनरूप नगरपालिका–१२, रूपनगर बस्तीपुरका किसानहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरेर...

नारायणघाट–बुटवल सडक ६ दिनदेखि अवरुद्ध, सयौं मालवाहक सवारी बीच बाटोमै रोकिए

नवलपुर — विनयी खोलामा आएको बाढी र दाउन्नेमा चिप्लो सडकका कारण नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतका...