अवैध उत्खनन रोक्न चोर बाटो बन्द

Published on

काठमाडौँ । धनुषा प्रहरीले नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न चोर बाटोहरु बन्द गरेको छ । नदीजन्य पदार्थको अवैध उत्खनन गरी ओसारपसार गर्न प्रयोग गरिने चोर बाटोहरु जेसिबी मेसिनले खनेर बन्द गरिएको प्रहरीले जनाएको छ । रातिको समयमा लुकाएर नदीजन्य पदार्थको दोहन गर्न थालेपछि त्यसलाई पूर्णरुपमा बन्द गर्न चोर बाटोहरु बन्द गरिएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक जटाशङ्कर यादवले बताउनुभयो ।

नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न प्रहरी सक्रिय रहेको बताउँदै उहाँले अवैध उत्खननमा प्रयोग भएका टयाक्टर तथा मेसिनहरु नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पठाउने गरिएको बताउनुभयो । धरपकड गरेर जरिवाना तिराए पनि अवैध दोहन बन्द नभएपछि यो उपाय अपनाएको प्रहरी निरीक्षक यादवको भनाइ छ । यसैगरी, इलाका प्रहरी कार्यालय भरतपुरका प्रहरी नायब निरीक्षक अशोककुमार झा र इलाका प्रहरी कार्यालय पोर्ताहाका प्रहरी नायब निरीक्षक राजन थापाले गणेशमान चारनाथ नगरपालिकाभित्र पर्ने कमला चारनाथ खोलाबाट भइरहेको अवैध उत्खनन बन्द गर्न चोर बाटो बन्द गरेका छन् । उहाँहरुका अनुसार टयाक्टर, टिपर र जेसिबी मेसिन खोलामा लैजान प्रयोग गरिएको बाटोहरुमा खाडल खनेर नदी दोहन बन्द गर्ने प्रयास गरिएको छ ।

मिथिला नगरपालिकाका नगरप्रमुख महेन्द्र महतोले र गणेशमान चारनाथ नगरपालिकाका नगर प्रमुख जितनारायण यादवले नगरक्षेत्रभित्र पर्ने खोला आन्तरिक समस्याका कारण यस वर्ष ठेक्कामा लाग्न नसकेको भए पनि अवैध उत्खनन भइरहेकाले प्रहरीको सहयोगमा सो बाटोहरु बन्द गर्न गरिएको बताउनुभयो । उहाँहरुले स्थानीय तहमा दर्ता नभएको, नवीकरण नगरेको र राजस्वसमेत नबुझाएका क्रसर उद्योग समेतबन्द गराएको जानकारी दिनुभयो । पछिल्लो केही वर्षयता धनुषाको उत्तरी क्षेत्रमा पर्ने जलाद, औरही, बडहरी, रातु र कमला नदीबाट हुने हुने गरेको गिट्टी, बालुवाको दोहन रोकथाम गर्न स्थानीय तह र प्रहरी प्रशासनका लागि चुनौती बनेको छ । खोला किनारमा रहेको क्रसर उद्योगी तथा गाउँका केही व्यक्तिले रातिको समयमा जेसीबी, टिपर र ट्याक्टरको प्रयोग गरेर बालुवा, गिट्टीको अवैध उत्खनन गर्ने गरेको स्थानीयको भनाइ छ ।

spot_img

ताजा समाचार

सुक्खा पहिरो खसेर मेची राजमार्ग अवरुद्ध

काठमाडौँ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–८ दोखुस्थित खोक्से खोला–ल्याङ्बा सडकखण्डमा सुक्खा पहिरो खसेर मेची राममार्ग...

अर्थमन्त्री वाग्लेद्वारा पदभार ग्रहणः १५ वटा ऐन र राजस्व अनुसन्धान विभाग खारेज प्रक्रिया अघि बढाउने निर्णय

काठमाडौँ । नवनियुक्त अर्थमन्त्री डा स्वार्णिम वाग्लेले पदभार ग्रहण गर्नुभएको छ । राष्ट्रपति रामचन्द्र...

सञ्चारमन्त्री डा. तिमल्सिनाद्वारा पदभार ग्रहण

काठमाडौँ । नुवाकोट–१ बाट निर्वाचित सांसद डा. विक्रम तिमल्सिना सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा...

प्रधानमन्त्री शाहलाई भारतीय समकक्षी मोदीको बधाई

काठमाडौँ । नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बधाई दिनुभएको...