सवारीसाधनको चाबी थुत्न नपाइने अदालतको आदेश

Published on

काठमाडौँ । सवारी जाँचका क्रममा ट्राफिक प्रहरीले कानुनविपरीत जथाभाबी चाबी थुत्ने र सर्वसाधारणलाई दुःख दिने गरेको पाइएपछि परेको निवेदनका आधारमा पाटन उच्च अदालतका न्यायाधीश चन्द्रमणि ज्ञवाली र कविप्रसाद न्यौपाने इजलासले यस्तो गर्न नहुने भनी निर्देशनात्मक आदेश दिएको छ । व्यक्तिगत सम्पत्ति र दु:ख दिने नियतले गरिने यस्ता कार्य नगर्न र कानुन बमोजिम मात्र कार्य गर्न प्रहरीलाई आदेशमा भनेको छ । सडक बिचमा बसेर विदेशी पर्यटकको समेत चाबी खोसेपछि प्रहरी विवादित समेत बनेको थियो ।

कात्तिक २१ गते पाटन उच्च अदालतमा ट्राफिक प्रहरीले सवारी चालकको चाबी खोस्ने कार्यविरुद्ध रिट दायर भएको थियो । विवेक चौधरीले प्रहरीले सवारी चालकको गाडीको चाबी खोस्ने जस्तो कार्य गैर कानुनी हो र तत्काल यसलाई रोक लगाउनुपर्छ भन्दै पाटन उच्च अदालतमा रिट दायर गरेका थिए। सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४ प्रहरीले तत्काल सजाय गर्न सक्ने प्रावधान छ र दफा १६० मा दण्ड सजायको प्रावधान रहे पनि जथाभाबी गरेको निवेदनमा उल्लेख छ ।

सवारी चालकको चाबी खोस्ने, जबरजस्ती निकाल्ने जस्तो कार्य गरिँदा गरिमा र अनावश्यक राज्य हस्तक्षेपले स्वतन्त्र जीवन बाँच्ने अधिकारमा हानि पुर्‍याउने अवस्थाको सृजना गर्छ। अर्थात् यो कार्य स्वतः रूपमा नेपालको संविधानको धारा १६ को विपरीत हुन्छ, जसले सम्मानपूर्वक बाँच्न पाउने हकको हनन हुने अवस्थाको सृजना गर्छ। यस्तो कार्यले नेपालको संविधानको धारा १७ मा प्रत्याभूत गरिएको स्वतन्त्रताको हकको समेत उल्लङ्घन हुन जानेछ भन्दै कानुन अनुसार मात्र गर्न निर्देशनात्मक आदेश दिएको छ ।

spot_img

ताजा समाचार

एनपिएल : जनकपुरले टस जित्यो, कर्णाली ब्याटिङ गर्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा अहिले कर्णाली याक्स...

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबिच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले भेटवार्ता गर्नुभएको छ । सिंहदरबारस्थित...

ट्याक्सी दुर्घटनामा चालकको मृत्यु

काठमाडौं । म्याग्दीमा ट्याक्सी दुर्घटना हुँदा चालकको ज्यान गएको छ । जिल्लाको बेनी–दरबाङ सडकअन्तर्गत...

धरान–१३ मा पिकअप दुर्घटना: एक युवकको मृत्यु, ११ जना घाइते

काठमाडौं । धरान उपमहानगरपालिका–१३ स्थित गोर्खा वेल्फेयर मोड नजिक शनिबार राति भएको पिकअप दुर्घटनामा...