हुलाक सेवा लोकतान्त्रिक र आधुनिक बनाउन लागेको छु : मन्त्री गुरुङ

Published on

कार्यक्रममा मन्त्री गुरुङले हुलाक सेवा विभागलाई निर्देशन दिँदै डिल्लीबजारस्थित गोश्वारा हुलाक कार्यालयबाट सुधारको कार्य थालनी गर्नुपर्ने बताउनुभयो । त्यस्तै, कार्यक्रममा स्थानीय तहका सबै हुलाक कार्यालयका कर्मचारी सहभागी थिए । यी सबैमाझ मन्त्री गुरुङले हुलाक जनसेवामुखी बनाउन आग्रह समेत गर्नुभयो । “हुलाक सेवाको प्रभावकारिता सुरुवात केन्द्रबाट गोश्वारा हुलाक कार्यालयबाट सुरु गर्नुहोस्, अरू स्थानीय तहका हुलाक कर्मचारीले आ–आफ्नो क्षेत्रमा सेवा प्रभावित बनाउनुहोस्”, मन्त्री गुरुङले भन्नुभयो,“मन्त्रालयबाट नेतृत्व लिएर तपाईंहरूको काममा साथ दिन हरदम तयार छु ।”

कार्यक्रममा मन्त्री गुरुङ, निमित्त सचिव (सहसचिव) गजेन्द्रकुमार ठाकुरका अनुसार हुलाक सेवाले सीमित स्राेत र साधन प्रयोग गरेर अधिकतम उद्देश्य पूरा गर्न गर्दै आएको बताउनु भयो । साथै मन्त्री गुरुङको स्प्रीड अनुकुल  हुलाक सेवालाई आधुनिकीकरण गर्न मन्त्रालयमा गृहकार्य भइरहेको बताउनुभयो ।  हुलाक विभागका महानिर्देशक मनमाया भट्टराई पंगेनीले गोश्वारा हुलाक कार्यालयको अवस्था सुनाउँदै स्थानीय तहका हुलाक कार्यालयको सुधारका चुनौती र कार्य योजना मन्त्रीसमक्ष जानकारी दिनुभयो ।

ताजा समाचार

दुई दिनपछि उठाइयो माना टेलरको शव

काठमाडौँ । गाउँमा मलामी जाने मानिस नपाउँदा आँगनमा शव कुरेर बस्नुभएका प्रकाश टेलर दमाईले...

छुवाछुतका विषय हेर्न विशेष प्रहरी डेस्क बनाउछु : गृहमन्त्री लेखक

काठमाडौँ । संयुक्त राजनीतिक दलित संघर्ष समितिले जातीय विभेद लागायतका विषयमा गृहमन्त्री रमेश लेखकलाई...

विदेशी मुद्रा अपचलन गरेको भेटिए कारबाही हुन्छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गैरकानुनी तवरबाट विदेशी मुद्रा अपचलन गरेको पाइए कानुनबमोजिम...

रेडक्रस इलामको सभापतिमा गौतम

काठमाडौँ । इलाम रेडक्रस जिल्ला सभापतिमा शिव गौतम चयन हुनुभएको छ । नेपाल रेडक्रस...