समुद्री मार्गपछि सिधा हवाई उडान सुरु गर्ने योजना बनाउँदै बङ्गलादेश र पाकिस्तान

Published on

काठमाडौँ । बङ्गलादेश र पाकिस्तानले आफ्नो द्विपक्षीय सम्बन्धलाई सुदृढ पार्न कदम चालेका छन् । दुवै देशले सिधा समुद्री सेवा सुरु गरेपछि सिधा उडानहरू पुनः सुरु गर्ने दिशामा काम गरिरहेका छन् । मिडिया रिपोर्टका अनुसार यो कदमले दुई राष्ट्रबिचको सम्बन्धमा नयाँ चरणको सुरुआत गरेको छ । “अहिले पाकिस्तान र बङ्गलादेशबिचको सम्बन्धले नयाँ युगको सुरुआत गरेको छ । सम्बन्धहरू बहुआयामिक तरिकाले सुदृढ हुँदैछन् । दुई देशबचि अहिलेसम्म सिधा उडानहरू स्थापित भएका छैनन् । तर यो दुवै देशका जनताको माग हो”, पाकिस्तानमा बङ्गलादेशका उच्चायुक्त इकबाल हुसेन खानले भन्नुभयो । उल्लेखनीय छ, सन् २०२४ अगस्टमा शेख हसिना सत्ताबाट हटाइएपछि पाकिस्तान र बङ्गलादेश नजिक आएका छन् ।

बङ्गलादेशले सन् १९७१ मा पाकिस्तानबाट स्वतन्त्रता प्राप्त गरी २०औँ शताब्दीको सबैभन्दा रक्तपातपूर्ण युद्धहरू मध्ये एकपछि स्वतन्त्रता जितेको ५४ वर्षको अधिकांश समयमा ढाका र इस्लामाबादले आफ्नो सम्बन्धलाई यसरी हेरेका थिएनन् । सन् १९७१ मा पाकिस्तानको आन्तरिक सङ्कटको परिणामस्वरूप भारत र पाकिस्तानबिच तेस्रो युद्ध र पूर्वी पाकिस्तानको विभाजन भएपछि स्वतन्त्र बङ्गलादेश राज्यको निर्माण गर्‍यो । खानले भन्नुभयो, “दुवै पक्षले सम्बन्धित एयरलाइन्सलाई सकेसम्म चाँडो सम्पर्क सुरु गर्न सुविधा प्रदान गर्न काम गरिरहेका छन् । अहिलेसम्म मलाई थाहा छ, बङ्गलादेशका तर्फबाट हाम्रो राष्ट्रिय वाहक बङ्गलादेश (विमान) एयरलाइन्सले ढाकादेखि कराँची हुँदै लन्डनसम्म सञ्चालन गर्ने योजना बनाएको छ र यो देशले पनि काम गर्न थालेको छ ।”

उहाँले पेशावरमा आयोजित एक सेमिनारमा यी टिप्पणीहरू गर्नुभएको थियो र उहाँको भाषण बिएनएन न्यूजले युट्युबमा अपलोड गरेको थियो । बङ्गलादेशका उच्चायुक्तको पेशावर भ्रमण लाहोर र मुल्तानको हालैको भ्रमणसहित पाकिस्तानभरि उहाँको निरन्तर यात्राको हिस्सा हो । उहाँले सिधा उडान सेवाको सम्भावित प्रभावका बारेमा आशावादी धारणा राख्दै भन्नुभयो, “म विश्वस्त छु कि सिधा उडान सम्पर्क सुरु भएपछि व्यापार, व्यवसाय, लगानी, शिक्षा र पर्यटनका लागि उच्च गति सुरु हुनेछ ।” यो कदमले विभिन्न क्षेत्रमा दुई देशबिचको सम्बन्धलाई अझ सुदृढ पार्ने अपेक्षा गरिएको छ । बङ्गलादेश र पाकिस्तानबिचको सम्बन्धमा एक महत्त्वपूर्ण विकास दुई देशबिच सिधा समुद्री सेवाको सुरुआतसँगै भयो । यो पहल बङ्गलादेशमा राजनीतिक परिवर्तनपछि सुरु भयो ।

खानले बङ्गलादेशी बिरामीहरूले चिकित्सा उपचारका लागि पाकिस्तान यात्रा गर्न थालेको पनि उल्लेख गर्दै यसले जनता–जनताबिचको सम्पर्कलाई थप बढावा दिएको बताउनुभयो । यो विकास बङ्गलादेशको राजनीतिक परिदृश्यमा अशान्त अवधि पछि आएको हो जसले इस्लामाबाद र ढाकाबिचको ऐतिहासिक वैमनस्यलाई पछि पारेको छ । गत वर्ष अगस्टमा विद्यार्थी नेतृत्वको आन्दोलनले हप्तौँको विरोध र हिंसापछि प्रधानमन्त्री शेख हसिनालाई सत्ताबाट हटायो । आन्दोलनका क्रममा छ सयभन्दा बढीको मृत्यु भएको थियो । छयत्तर वर्षीया हसिना भारत भाग्नुभयो र त्यसपछि नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भयो । रासस/एएनआई

spot_img

ताजा समाचार

सुक्खा पहिरो खसेर मेची राजमार्ग अवरुद्ध

काठमाडौँ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–८ दोखुस्थित खोक्से खोला–ल्याङ्बा सडकखण्डमा सुक्खा पहिरो खसेर मेची राममार्ग...

अर्थमन्त्री वाग्लेद्वारा पदभार ग्रहणः १५ वटा ऐन र राजस्व अनुसन्धान विभाग खारेज प्रक्रिया अघि बढाउने निर्णय

काठमाडौँ । नवनियुक्त अर्थमन्त्री डा स्वार्णिम वाग्लेले पदभार ग्रहण गर्नुभएको छ । राष्ट्रपति रामचन्द्र...

सञ्चारमन्त्री डा. तिमल्सिनाद्वारा पदभार ग्रहण

काठमाडौँ । नुवाकोट–१ बाट निर्वाचित सांसद डा. विक्रम तिमल्सिना सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा...

प्रधानमन्त्री शाहलाई भारतीय समकक्षी मोदीको बधाई

काठमाडौँ । नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बधाई दिनुभएको...