स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा पालुङटार नगरपालिका प्रथम

Published on

काठमाडौँ । गोरखामा रहेका ११ वटा स्थानिय तहहरु मध्ये पालुङटार नगरपालिक सबै भन्दा धेरै अङ्क ल्याएर स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङकनमा प्रथम भएको छ । आर्थिक वर्ष २०८०/२०८१ मा पालुङटार नगरपालिकाले ९५.९७ प्रतिशत अङ्क ल्याएर जिल्ला प्रथम हुन सफल भएको हो । पालुङटार नगरपालिकाले शासकिय प्रबन्धमा १००, सङ्गठन तथा प्रशासन १००, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापनमा ९५.४५ अङ्क पाएको छ । वित्तीय एवम् आर्थिक व्यवस्थापनमा ९७.७३, सेवा प्रवाहमा ९६.८८, न्यायिक कार्यसम्पदानमा १००, भौतिक पूर्वाधारमा ८८.४६, सामाजिक समावेशीकरणमा ९०, वातावरण सरक्षण तथा विपद् व्यवस्थापनमा ९४.४४ सहकार्य तथा समन्वयमा १०० अङ्क ल्याएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको नतिजा अनुसार वारपाक सुलीकोट गाउँपालिकाले ९५ प्रनितशत, धार्चे गाउँपालिकाले ९४.७५ प्रतिशत, भिमसेन थापा गाउँपालिका ९३ प्रतिशत, गण्डकी गाउँपालिकाले ९१.५ प्रतिशत, शहीद लखन गाउँपालिकाले ८९.५ प्रतिशत अङ्क प्राप्त गरेका छन् । त्यस्तै, चुमनुब्री गाउँपालिका र सिरानचोक गाउँपालिकाले समान ८७.२५ प्रतिशत, आरुघाट गाउँपालिकाले ८४.५ प्रतिशत र सबैभन्दा कम अङ्क ल्याउनेमा गोरखाको गोरखा नगरपालिकाले ७०.५ प्रतिशत अङ्क प्राप्त गरेका छन् ।

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङकनमा १० वटा सूचकमा विषय एवम् क्षेत्र र विभिन्न उपक्षेत्रलाई १०० पूर्णाङ्क दिएर पालिकाहरूले आफुले गरेका कामका आधारमा आफैँ मूल्याङ्कन गरेका हुन् । नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन २०७४ र अन्त सरकारी वित्त व्यवस्थापन ऐन २०७४ लगायतका कानुनले स्थानीय तहको कार्य जिम्मेवारी तोकेका विषय, कार्यविधि र उपलब्धीका बारेमा लेखाजोखा गर्न स्वमूल्याङ्कन गर्ने गरिएको छ ।

स्थानीय तहको सवल दुर्वल पक्षहरूको विशेलषण गर्ने प्रायोजनका लागि स्थानिय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्याविधि, २०७७ अनुसार स्वमूल्याङ्कनको नतिजा कार्यापालिकाबाट स्वीकृत गरी आ–आफ्नो वेबसाईट र सूचना पाटी मार्फत सार्वजानिक गर्नुपर्ने कार्यविधिमा उल्लेख छ ।पालुङटार नगरपालिका जिल्लाको उत्कृष्ट हुनुमा कार्यविधिले तोके बमोजिमका इन्डिकेटरका आधारमा जनप्रतिनिधिले निति, कार्यक्रम र आवश्याक निर्णय गर्ने तथा कर्मचारीको कुशलतापूर्वक जिम्मेवारी कार्यसम्पदान गरी अभिलेखीकरण गर्ने सकेमा उत्कृष्ट नतिजा ल्याउने सकिने पालुङटार नगरपालिकाका प्रमुख प्रमुख प्रशासकिय अधिकृत कमानसिंङ थापा मगरले बताउनुभयो ।

spot_img

ताजा समाचार

सुक्खा पहिरो खसेर मेची राजमार्ग अवरुद्ध

काठमाडौँ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–८ दोखुस्थित खोक्से खोला–ल्याङ्बा सडकखण्डमा सुक्खा पहिरो खसेर मेची राममार्ग...

अर्थमन्त्री वाग्लेद्वारा पदभार ग्रहणः १५ वटा ऐन र राजस्व अनुसन्धान विभाग खारेज प्रक्रिया अघि बढाउने निर्णय

काठमाडौँ । नवनियुक्त अर्थमन्त्री डा स्वार्णिम वाग्लेले पदभार ग्रहण गर्नुभएको छ । राष्ट्रपति रामचन्द्र...

सञ्चारमन्त्री डा. तिमल्सिनाद्वारा पदभार ग्रहण

काठमाडौँ । नुवाकोट–१ बाट निर्वाचित सांसद डा. विक्रम तिमल्सिना सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा...

प्रधानमन्त्री शाहलाई भारतीय समकक्षी मोदीको बधाई

काठमाडौँ । नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बधाई दिनुभएको...