इजरायलद्वारा १८३ प्यालेस्टिनी कैदी रिहा

Published on

काठमाडौँ । हमाससँग जारी युद्धविराम सम्झौताअन्तर्गत चौथो बन्धक आदानप्रदानमा इजरायलले १८३ प्यालेस्टिनी कैदीलाई रिहा गरेको छ । प्यालेस्टिनी स्रोतका अनुसार प्यालेस्टिनी कैदी क्लबका प्रमुख अब्दुल्लाह जाघारीले इजरायली अधिकारीले रिहा गरिएका कैदीहरूलाई रेडक्रसको अन्तर्राष्ट्रिय समितिलाई हस्तान्तरण गरेका छन् । मुक्त गरिएका कैदीहरूमध्ये १५० गाजापट्टीका, ३२ वेस्ट बैंकका र बाँकी एक, जसको इजिप्टको नागरिकता छ । पश्चिम बैंकका कैदीहरूलाई रामल्लाह नजिकैको ओफर जेलबाट रिहा गरिएको थियो । जबकि दक्षिणी इजरायलको केट्जियोट जेलबाट रिहा गरिएका गाजाका कैदीहरूलाई इजरायली–नियन्त्रित केरेम शालोम क्रसिङ हुँदै दक्षिणी गाजामा लगिनेछ । प्यालेस्टिनी मुक्ति सङ्गठनको कैदी मामिला आयोगले रिहा गरिएका १८३ मध्ये सात कैदीलाई देशनिकाला गरिनेछ । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल

spot_img

ताजा समाचार

सुक्खा पहिरो खसेर मेची राजमार्ग अवरुद्ध

काठमाडौँ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–८ दोखुस्थित खोक्से खोला–ल्याङ्बा सडकखण्डमा सुक्खा पहिरो खसेर मेची राममार्ग...

अर्थमन्त्री वाग्लेद्वारा पदभार ग्रहणः १५ वटा ऐन र राजस्व अनुसन्धान विभाग खारेज प्रक्रिया अघि बढाउने निर्णय

काठमाडौँ । नवनियुक्त अर्थमन्त्री डा स्वार्णिम वाग्लेले पदभार ग्रहण गर्नुभएको छ । राष्ट्रपति रामचन्द्र...

सञ्चारमन्त्री डा. तिमल्सिनाद्वारा पदभार ग्रहण

काठमाडौँ । नुवाकोट–१ बाट निर्वाचित सांसद डा. विक्रम तिमल्सिना सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा...

प्रधानमन्त्री शाहलाई भारतीय समकक्षी मोदीको बधाई

काठमाडौँ । नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बधाई दिनुभएको...