पृथ्वी पत्रकारिता पुरस्कारका लागि अक्षयकोष स्थापना

Published on

काठमाडौँ । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा बर्दियाले पृथ्वी पत्रकारिता पुरस्कार अक्षयकोष स्थापना गरेको छ । गुलरिया नगरपालिका –७ बस्ने पत्रकार एवं समाजसेवी कमलराज पौडेलले अक्षयकोष स्थापना गर्न एक लाख एक हजार एकसय ११ रुपियाँ सहयोग गरेपछि अक्षयकोष स्थापना भएको हो । बर्दियाका सञ्चारकर्मीलाई पत्रकारिता क्षेत्रमा टिकाई हौसला प्रदान गर्ने अभिप्रायले अक्षयकोष स्थापना गरिएको छ । अक्षय कोषबाट प्राप्त ब्याज रकमले बार्षिक एक जना पत्रकारलाई सम्मानसहित पुरस्कार प्रदान गर्ने नेपाल पत्रकार महासङ्घ बर्दियाका अध्यक्ष निर्मल घिमिरेले बताउनुभयो ।

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको विषयमा कलम चलाउनुका साथै अभियान चलाए कमलराज पौडेललाई बेलायतमा रहेको संयुक्त राष्ट्रवादी नेपाली सङ्गठनले ३०३ औं पृथ्वी जयन्तीको अवसरमा पृथ्वी पुरस्कार बापत सम्मानसहित एक लाख रकम पुरस्कार प्रदान गरेको थियो । पुरस्कारबाट प्राप्त रकम उहाँले अक्षयकोष स्थापनाका लागि रकमको चेक हस्तान्तरण गर्नुभयो । पौडेलले पुरस्कार रकम बर्दियाका पत्रकारलाई वृद्धि विकास तथा प्रोत्साहनमा सम्मानस्वरुप रकम हस्तान्तरण गरेको बताउनुभयो । उहाँले पत्रकारितामा काम गरिरहँदा पत्रकार पिरमर्का बुझेर अक्षयकोष स्थापना गर्न सुरु गरिएको बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेशका पूर्व प्रमुख डा. राजेश अहिराजले महासङ्घमा आबद्ध सम्पूर्ण जेहेन्दार तथा लगनशील पत्रकारलाई सहयोग पुग्ने उहाँले बताउनुभयो । उहाँले देशको सीमा, इतिहास र गौरव जोगाउन पत्रकारले एक भएर कलम चलाउन अनुरोध गर्नुभयो ।

spot_img

ताजा समाचार

सुक्खा पहिरो खसेर मेची राजमार्ग अवरुद्ध

काठमाडौँ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–८ दोखुस्थित खोक्से खोला–ल्याङ्बा सडकखण्डमा सुक्खा पहिरो खसेर मेची राममार्ग...

अर्थमन्त्री वाग्लेद्वारा पदभार ग्रहणः १५ वटा ऐन र राजस्व अनुसन्धान विभाग खारेज प्रक्रिया अघि बढाउने निर्णय

काठमाडौँ । नवनियुक्त अर्थमन्त्री डा स्वार्णिम वाग्लेले पदभार ग्रहण गर्नुभएको छ । राष्ट्रपति रामचन्द्र...

सञ्चारमन्त्री डा. तिमल्सिनाद्वारा पदभार ग्रहण

काठमाडौँ । नुवाकोट–१ बाट निर्वाचित सांसद डा. विक्रम तिमल्सिना सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा...

प्रधानमन्त्री शाहलाई भारतीय समकक्षी मोदीको बधाई

काठमाडौँ । नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बधाई दिनुभएको...