चौँरी प्रवर्धन गर्दै सिरिजङ्घा गाउँपालिका

Published on

काठमाडौँ । सिरिजङ्घा गाउँपालिकाले कञ्चनजङ्घा आधार शिविर क्षेत्रमा चौँरी याक प्रदर्शनी गर्ने भएको छ । विश्वको तेस्रो अग्लो हिमालको आधार शिविरमा चौँरी याक प्रवर्धन तथा संरक्षण गर्न प्रदर्शनी आयोजना गर्न लागिएको हो । यसका लागि गाउँपालिकाले आठ लाख बजेट विनियोजन गरेको जनाइएको छ । सिरिजङ्घा महोत्सव(२०८२ का अवसरमा आगामी वैशाख १३ देखि १५ गतेसम्म चौँरी याक प्रवर्धन तथा प्रदर्शनी आयोजना गरिने गाउँपालिकाका उपाध्यक्ष डा।चित्र माबोले जानकारी दिनुभयो । त्यसअवसरमा उत्कृष्ट चौँरीपालकलाई पुरस्कृत गरिने छ ।

गाउँपालिकाका अनुसार उत्कृष्ट हुने किसानलाई २८ हजार पाँच सय ८६ प्रदान गरिनेछ भने सान्त्वना पुरस्कारस्वरूप आठ हजार पाँच सय ८६ उपलब्ध गराइने छ । हाल चौँरीपालनप्रति आकर्षण घट्दै गएकाले यसको संरक्षण र महत्त्व उजागर गर्न प्रदर्शनी आयोजना गर्न लागिएको उपाध्यक्ष माबोले बताउनुभयो । चौँरीपालन हिमाली क्षेत्रमा जीवनयापनको मुख्य आधार भएकाले यसलाई प्रवर्धन गर्न आवश्यक रहेको उहाँको भनाइ छ । ताप्लेजुङको उच्च हिमाली क्षेत्रमा समुदायको प्रमुख आम्दानीको स्रोत चौँरी गोठ हो । चौँरीबाट दुग्धजन्य पदार्थ घ्यू, छुर्पी उत्पादन गरेर बिक्री गरेर गुजारा गर्दै आएका छन् । त्यस्तै याक चीनका विभिन्न बजारमा माग आउने गर्छ । किसानले चीनमा याक निर्यात गर्न पनि याकपालन गर्ने गर्छन् । एउटा याक एक लाखभन्दा बढी मूल्यमा चीनमा निर्यात हुने गरेको किसानको भनाइ छ । गाउँपालिकाले आयोजना गरेको चौँरी याक प्रवर्धन तथा प्रदर्शन कार्यक्रमले किसानलाई थप प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ । रासस

spot_img

ताजा समाचार

जिप दुर्घटना हुँदा सात जना घाइते

काठमाडौं । बागलुङमा पिकअप जिप दुर्घटना हुँदा चालकसहित सात जना घाइते भएका छन् ।...

प्रधानन्यायाधीश सिंह बाँकेमा, छिटो न्याय सम्पादनमा जोड

काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंहले परिवर्तित परिस्थितिमा छिटोछरितो न्याय सम्पादनका लागि मातहतका...

लुम्बिनी प्रदेश सरकारको ४० लाख बजेटमा गङ्गा माविको भवन निर्माण तीव्र

काठमाडौं । लुम्बिनी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयको चालु आर्थिक वर्ष २०८२–०८३ को स्वीकृत...

धौलागिरि प्रादेशिक अस्पतालको सेवाप्रति नागरिकको चासो

काठमाडौं । भ्रष्टाचार विरुद्व नागरिक निगरानी संस्था बागलुङले धौलागिरि प्रादेशिक अस्पतालबाट दिने औषधी गुणस्तरको...