नव–निर्वाचित स्ववियु समितिको पदस्थापन

Published on

काठमाडौँ । ताप्लेजुङको पाथीभरा बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नव–निर्वाचित समितिको पदस्थापन भएको छ । सदरमुकाम फुङ्लिङस्थित पाथीभरा बहुमुखी क्याम्पसमा निर्विरोध निर्वाचित स्ववियु समितिको मङ्गलबार पदस्थापन भएको हो । स्ववियु पदाधिकारीलाई निर्वाचन समितिले निर्वाचित भएको प्रमाणपत्र वितरण गरेको छ भने निर्वाचन समिति संयोजक युवराज बस्नेतले पदाधिकारीलाई शपथग्रहण गराउनुभएको छ । पदाधिकारीलाई प्रमाणपत्र वितरण र सपथग्रहण गराएपछि स्ववियुको नयाँ समितिको पदस्थापन भएको संयोजक बस्नेतले जानकारी दिनुभयो ।

पाथीभरा क्याम्पसमा नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ), अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) तीन विद्यार्थी सङ्गठनबिचको सहमतिमा स्ववियु निर्विरोध चयन भएको हो । विद्यार्थी सङ्गठनबिचको सहमति अनुसार नेविसङ्घका तिलकुमार जोगी अध्यक्ष रहेको स्ववियु समिति चयन भएको छ । यता नव–निर्वाचित स्ववियु समितिको पदस्थापनपछि समितिको पहिलो बैठकसमेत सम्पन्न भएको छ । बैठकले समितिको पदपूर्ति गर्ने लगायतका निर्णयहरु गरेको नवनिर्वाचित उपाध्यक्ष रोशन साउदेनले जानकारी दिनुभयो । अनेरास्ववियु ९क्रान्तिकारी०का जिल्ला उपाध्यक्षसमेत रहनुभएका साउदेन पहिलो बैठकबाट नै स्ववियुमा समानुपातिक कोटाबाट प्रतिनिधित्व गर्दै उपाध्यक्षमा चयन हुनुभएको हो । उहाँका अनुसार पहिलो बैठकले स्ववियु निर्विरोध निर्वाचित गराउन भूमिका निर्वाह गर्ने विद्यार्थी सङ्गठन र राजनीतिक दलहरुलाई धन्यवाद दिने लगायतका निर्णयहरु गरेको छ ।

स्ववियुको १५ सदस्यीय कार्यसमितिमा अध्यक्ष जोगी र उपाध्यक्ष साउदेनबाहेक अन्य पदाधिकारीमा सचिव लक्ष्मण पौडेल (अनेरास्ववियु), कोषाध्यक्ष निकिता लिम्बू (अखिल क्रान्तिकारी) र सहसचिवमा सपना फेम्बो लिम्बू (नेविसङ्घ) चयन हुनुभएको छ । फेम्बोले समानुपातिक कोटाबाट स्ववियुमा प्रतिनिधित्व गर्दै सहसचिवको जिम्मेवारी पाउनुभएको हो । यस्तै सदस्यमा नेविसङ्घका तर्फबाट सौगात बिष्ट, मुना दाहाल, अभिषेक लिम्बू र ज्ञानेन्द्र पुर्कुटी चयन हुनुभएको छ । अनेरास्ववियका तर्फबाट सनुजा गौतम, विनु तामाङ, मालती शेर्पा र गृष्मा लिम्बू रहनुभएको छ । त्यस्तै अखिल क्रान्तिकारीका तर्फबाट शान्तिला गुरुङ र सुजन लिम्बू चयन हुनुभएको छ । स्ववियु निर्वाचन तालिकाअनुसार गएको मङ्गलबार भएको मनोनयनमा विद्यार्थी सङ्गठनबिच भएको सहमतिका आधारमा आवश्यक सङ्ख्याबमोजिम मात्र मनोनयन दर्ता भएको थियो ।

ताजा समाचार

नागरिकताका लागि भौँतारिँदै सोभिता जन्मदर्ता नहुँदा शिक्षाबाट वञ्चित

काठमाडौँ । सप्तरीको विष्णुपुर गाउँपालिका–४ स्थित कनकट्टा निवासी ३० वर्षीय सोभिताकुमारी सदाको राजविराज नगरपालिका–११...

नागरिकता प्रमाणपत्र नभएकाले सामाजिक सुरक्षा भत्ता पाउँदैनन् : मन्त्री सुडी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले नागरिकता प्रमाणपत्र नभएकाहरुले सामाजिक...

धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्नु हुँदैन: लेखक

गृहमन्त्री रमेश लेखकले कुनै पनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्न नहुने...

भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण

काठमाडौँ । बनेपा नगरपालिकाको ऐतिहासिक सहर नालास्थित भुइँचालो डाडाँमा ३० फिट अग्लो बुद्धको प्रतिमा...