‘विपद् प्रतिकार्य योजनामा जुट्न जरुरी छ’

Published on

काठमाडौँ । सुदूरपश्चिमको आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले विपद् प्रतिकार्य योजनामा जुट्न जरुरी रहेको बताउनुभएको छ। कैलालीको अत्तरियामा आयोजित विश्व हिमनदी, जल र मौसम दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री सार्कीले विपद् जन्य घटनाले ठूलो मानवीय तथा धनजनको क्षति गर्दै आएकोमा सबै मिलेर विपद् प्रतिकार्य योजनामा सरिक हुनुपर्ने बताउनुभएको हो।मन्त्री शार्कीले भन्नुभयो –‘विपद्को कुनै निश्चित समय हुँदैन, यसमा सरोकारवाला निकायले संमित भएर लाग्न जरुरी छ। ’ विपद्जन्य घटना न्यूनीकरणमा तीनै तहका सरकारले नतिजा उन्मुख कार्य गर्नुपर्ने र प्रदेश सरकार पनि यसमा खटिने मन्त्री सार्कीले प्रतिबद्धता जनाउनुभयो।

आइतबार कार्यक्रमका प्रमुख अतिथि आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले पानी पिएर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो। कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन हमालले हिम नदी र जलाधार क्षेत्रमा उचित तरिकाले लाग्नुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा बोल्दै दोधाराचाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले यस वर्ष नगरमा ६२४ मिलिमिटर वर्षामापन गरिएको र जुन हालसम्मकै अत्याधिक वर्षा भएको बताउनुभयो। सबैले आफ्नो क्षेत्रबाट जिम्मेवारी पुरा गर्न सके विपद् जन्य घटनाबाट जोगिने उहाँले बताउनुभयो। आइतबार कार्यक्रममा हिमनदीमा जलवायु परिवर्तनको प्रभाव सम्बन्धी डा. भूमिराज बुढाथोकी र कन्चनपुरको दोधाराचाँदनी नगरपालिकाको गत मनसुनको असल अभ्यास सम्बन्धी सुदृढ परियोजना संयोजक राजकुमार सुनारको प्रस्तुततिकरण थियो।

ताजा समाचार

प्रधानमन्त्री ओलीलाई कांग्रेसको पूर्ण समर्थन छ : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली कांग्रेसको पूर्ण...

एसइईमा अनियमितता : दुई जना पक्राउ, निरीक्षक निष्कासित

काठमाडौँ । एसइईको मंलबार अनिवार्य विज्ञान विषयको परीक्षामा अनियमितता गरेको आरोपमा प्रहरीले छुट्टाछुट्टै केन्द्रबाट...

पहिलो अभ्यास खेलमा नेपाल यु–१९ विजयी

काठमाडौँ । भारतको दिल्ली यु–१९ विरुद्ध पहिलो अभ्यास खेलमा नेपाली युवा टोली विजयी भएको...

तीन महिनापछि भोजपुरमा उडान सुरु

काठमाडौँ । बन्द भएको तीन महिनापछि यहाँको भोजपुर नगरपालिका-१२ टक्सारस्थित विमानस्थलमा उडान सुरु भएको...