दुई विद्यालयमा दश लाखको अक्षयकोष

Published on

काठमाडौँ । म्याग्दीको मालिका गाउँपालिका–४,ओखरबोटस्थित ओखरबोट माविमा दिवङ्गत आफन्तको सम्झनामा पाँच लाख रुपियाँको अक्षयकोष स्थापना गरिएको छ । ओखरबोटका स्व। कलबिर पुनको स्मृति तथा सम्मानमा परिवारले सो अक्षयकोष स्थापना गर्नुभएको हो । पूर्व गोर्खा सैनिक समेत रहनुभएका स्व. कलबिरकी श्रीमति भीमसरा पुन, छोराहरु इन्द्रबहादुर पुन, यामबहादुर पुन, उदारबहादुर पुन र सोमबहादुर पुनलगायत बुहारी र नातिनातिनाले अक्षयकोष स्थापनाका लागि सहयोग गर्नुभएको विद्यालयका प्रअ नविन कार्कीले जानकारी दिनुभयो ।

कलबिरको गत माघ २ गते बेलायतमा निधन भएको थियो । गरिव तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले स्थापना भएको कोषलाई कलबिर स्मृति छात्रवृत्ति अक्षयकोष नामाकरण भएको छ । कलविरका परिवारका सदस्यहरुले मङ्गलबार विद्यालयमा आयोजित कार्यक्रममा अक्षयकोषको रकम हस्तान्तरण गर्नुभयो । यसैगरी, अन्नपूर्ण गाउँपालिका–३, दानास्थित ज्ञान प्रकाश नमुना माविको अक्षयकोषलाई पनि दानाका स्व. बुवा हस्तबहादुर पुर्जा मगरको सम्झनामा चार छोरीहरुले पाँच लाख ५५५ रुपियाँ सहयोग गर्नुभएको छ । विद्यालयका प्रअ शान्तबहादुर नेपालीका अनुसार , छोरीहरु यामकुमारी पुर्जा गुरुङ, राजकुमारी तिलिजा, डिलकुमारी पुर्जा र शर्मिला पुर्जा गुरुङले उक्त रकम विद्यालयमा स्थापित शिक्षा बिकास अक्षयकोषलाई सहयोग गर्नुभएको हो । सोही अवसरमा उहाँहरुले उक्त विद्यालयमा उत्कृष्ट हुने दुई छात्रा/छात्रलाई वार्षिक बीस हजार रुपियाँको पुरस्कार घोषणा गरेर सहयोग गर्नुभएको छ ।

ताजा समाचार

भारतीय प्रधानमन्त्री मोदी साउदी अरेबिया प्रस्थान

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मङ्गलबार साउदी अरबको जेद्दाहका लागि प्रस्थान गर्नुभएको छ...

औषधीय गुण भएको महुवा सङ्कलन

काठमाडौँ । औषधीय गुण भएको महुवा सङ्कलन सिजन सुरु भएको छ । कैलालीका स्थानीयले...

कर्णालीको खानेपानी समस्या छिट्टै समाधान हुन्छ : मन्त्री यादव

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले कर्णालीको खानेपानीको समस्या छिट्टै समाधान गर्ने बताउनुभएको छ ।...

‘आदिवासी जनजातिप्रति सरकार सकारात्मक छ’

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आदिवासी जनजातिप्रति सरकार सकारात्मक रहेको...