वनस्पति क्षेत्रको थप विकास र व्यवस्थित गर्न जरुरीः वनमन्त्री ठकुरी

Published on

काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले नेपालको वनस्पती क्षेत्रको अध्ययन र अनुसन्धान गरी थप व्यवस्थित गर्नुपर्नेमा जोड दिनुभएको छ । वनस्पति विभागको ६५ औं वार्षिकोत्सव तथा २६ औं वनस्पति दिवसको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले विश्वमै नपाइने वनस्पतिहरु नेपालमा रहेको भन्दै यसको संरक्षण गर्नुपर्नेमा जोड दिनुभएको हो । उहाँले नेपालले विभिन्न प्रजाति, हावा, प्राकृतिक स्रोत, भूबनावटले आफ्नै पहिचान बनाएको बतउनु यो । उहाँले नेपालमा रहेका वनस्पतीहरुको अध्ययन र अनुसन्धान गरेर थप व्यवस्थित र विकास गर्नसके देशको समृद्धिका लागि महत्त्वपूर्ण सावित हुने जिकिर गर्नुभयो ।

मन्त्री ठकुरीले भन्नुभयो, ‘‘नेपाल विभिन्न प्रजातिहरु, हाम्रो यो अत्यन्तै हाम्रो हावा, प्राकृतिक स्रोत, भूबनावट, नेपालको आफ्नै किसिमको पहिचान, भूबनावट, नेपाल अनेक प्रजातिका फूलहरु, वनस्पतिहरु रहेको देश नेपाल हो । यहाँ अध्ययन अनुसन्धान गरेर यसलाई थप व्यवस्थित र विकास गर्न यो विभागले महत्वपूर्ण योगदान गर्दै आएको छ । आफ्नो देशमा मात्र नभइ अन्तर्राष्ट्रिय स्तरमा पनि अनुसन्धानका माध्यमबाट र आफ्ना खाजे र अनुसन्धानका माध्यमबाट चिनाउन सफल भएको छ । आगामी दिनमा पनि वनस्पति विभागले वनस्पतीसँग सम्बन्धित भएका धेरै कुरा अगाडि ल्याउन सफल हुनेछ ।’’ मन्त्री ठकुरीले नेपालमा तीन सयभन्दा बढी वनस्पति स्रोत रहेको भन्दै त्यसलाई जगेर्ना गर्न जरुरी रहेको बताउनुभयो ।

spot_img

ताजा समाचार

मध्यपूर्व युद्धले भारतको ग्यास आपूर्ति जोखिममा

काठमाडौं । मध्यपूर्वमा जारी युद्धका कारण भारतको ऊर्जा आपूर्तिमा प्रत्यक्ष असर पर्ने सङ्केत देखिएको छ...

दमकमा अस्थायी हेलिप्याड र हवाई गस्तीको तयारी

काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरबाट चासोका हेरिएको झापाको क्षेत्र नं.५ मा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई...

अस्पतालमा ‘द्रुत प्रतिकार्य टोली’ गठन

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही फागुन २१ गते हुने निर्वाचनको लागि स्वास्थ्य...

उपत्यकामा मतदान केन्द्र व्यवस्थापन अन्तिम चरणमा (फोटो फिचर)

काठमाडौं । बिहीबार हुने मतदानका लागि काठमाडौँ उपत्यकामा मतदान केन्द्रको व्यवस्थापन अन्तिम चरणमा पुगेको...