गुडिरहेको कारमा आगलागी

Published on

काठमाडौँ । सर्लाहीको बागमतीस्थित निर्माणाधीन बागमती माछा पोखरी (भरत ताल) मा एउटा कारमा आगलागी भएको छ । नयाँ वर्षको अवसरमा बागमती नगरपालिका–१२, स्थित ताल परिसरमा घुमफिरका लागि आएका मानिस सवार ना. ५ च २३३२ नम्वरको कारमा आफैँ आगलागी भएको हो । कारमा आगलागी सुरु हुनासाथ भित्र रहेका मानिसहरुले तत्काल बाहिर निस्किएर ज्यान जोगाएको प्रहरीले जनाएको छ । कारमा लागेको आगो स्थानीय र प्रहरीको सहयोगमा निभाइएको हो । हरिवन नगरपालिकाबाट दमकल मगाइएको भए पनि नयाँरोडसम्म दमकल पुुग्दा बालुवा र पानी हालेर आगो निभाउन सफल भएकाले दमकलाई बिच बाटोबाटै फिर्ता पठाइएको इलाका प्रहरी कार्यालय कर्मैयाका प्रहरी नायब निरीक्षक सुवास यादवले जानकारी दिनुुभयो । प्रहरी नायब निरीक्षकका अनुसार आगलागीबाट कारको अघिल्लो भाग, इन्जिन र सिसामा क्षति पुुगेको छ । आगलागीबाट क्षतिग्रस्त कार ताल परिसरमै किनारा लगाएर राखिएको कर्मैया प्रहरीले जनाएको छ । गुडिरहेको कारमा आगलागी हुनुको कारण खुल्न सकेको छैन ।

ताजा समाचार

भारतीय प्रधानमन्त्री मोदी साउदी अरेबिया प्रस्थान

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मङ्गलबार साउदी अरबको जेद्दाहका लागि प्रस्थान गर्नुभएको छ...

औषधीय गुण भएको महुवा सङ्कलन

काठमाडौँ । औषधीय गुण भएको महुवा सङ्कलन सिजन सुरु भएको छ । कैलालीका स्थानीयले...

कर्णालीको खानेपानी समस्या छिट्टै समाधान हुन्छ : मन्त्री यादव

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले कर्णालीको खानेपानीको समस्या छिट्टै समाधान गर्ने बताउनुभएको छ ।...

‘आदिवासी जनजातिप्रति सरकार सकारात्मक छ’

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आदिवासी जनजातिप्रति सरकार सकारात्मक रहेको...