भारतमा पाकिस्तानका १६ युट्युब च्यानल प्रतिबन्धित, बिबिसीलाई औपचारिक पत्र

Published on

काठमाडौँ । भारत सरकारले पहलगाममा भएको आतङ्ककारी आक्रमणपछि भारत र सुरक्षासम्बन्धी संस्थामाथि झुट्टा र उक्साहपूर्ण सामग्री प्रसारण गरेको आरोपमा पाकिस्तानका १६ युट्युब च्यानलमा रोक लगाएको छ । ती च्यानलहरूमध्ये डन न्युज, एआरवाई न्युज, जिओ न्युजजस्ता चर्चित नामहरू पनि छन्, जसको कुल दर्शक सङ्ख्या ६ करोड ३० लाखभन्दा बढी रहेको छ । गृह मन्त्रालयको सिफारिसमा गरिएको यस कदमसँगै सामाजिक सञ्जालमा फैलिएको भ्रमपूर्ण सामग्रीमाथि पनि कारबाही गरिएको छ । पहलगाम घटनालाई लिएर गलत प्रस्तुति दिएको भन्दै बिबिसी भारत कार्यालयलाई सरकारी पक्षबाट औपचारिक पत्र पठाइएको छ ।

अप्रिल २२ गते पहलगामस्थित बाइसरण क्षेत्रमा भएको गोलीकाण्डमा २६ पर्यटकको मृत्यु भएको थियो । उक्त घटनाको अनुसन्धान राष्ट्रिय अनुसन्धान संस्था ९एनआइए०ले गरिरहेको छ । घटनामा संलग्न पाँच जनामध्ये तीन जना पाकिस्तानका र दुई जना स्थानीय भएको खुलेको छ । सरकारले देशको सुरक्षामाथि असर पार्ने गलत प्रचारप्रति कडा कदम चालेको जनाइएको छ । रासस/एएनआई

spot_img

ताजा समाचार

कांग्रेसको वडा अधिवेशन सुरु, अधिवेशनमा सहभागी हुन आग्रह

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा तहको अधिवेशन आजदेखि सुरु भएको छ। कांग्रेसले...

आज संविधान दिवस मनाइँदै

काठमाडौं । आज विभिन्न कार्यक्रम आयोजना गरी संविधान दिवस मनाइँदै छ। जनताबाट निर्वाचित प्रतिनिधिहरूमार्फत...

भोटेकोशी बाढीमा आमाबाबु गुमाएका बालबालिकाका लागि एमआइटी फाउन्डेसनले ५७ करोड ८५ लाख दिने

काठमाडौं – भोटेकोशीमा आएको बाढीबाट आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषण तथा भरणपोषणका लागि एमआइटी...

नेक्सस कबड्डी कपको दोस्रो संस्करण सुरु

काठमाडौं – नेक्सस इन्टरनेशनल स्कुलको आयोजनामा ‘नेक्सस कबड्डी कप २०८३’ को दोस्रो संस्करण सुरु भएको...