कञ्चनजङ्घा बेस क्याम्पमा साइक्लिङ

Published on

काठमाडौँ । कञ्चनजङ्घा आधार शिविर (बेस क्याम्प) क्षेत्रमा पहिलो पटक साइक्लिङ गरिएको छ । विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमशिखर कञ्चनजङ्घाको दक्षिणी आधार शिविर छेउको ओक्ताङ क्षेत्रमा पहिलो पटक साइक्लिङ गरिएको हो । सिरिजङ्घा गाउँपालिकाले आयोजना गरेको सिरिजङ्घा पर्यटन महोत्सव २०८२ को अवसरमा चार जना राइडरले पालिकाको याम्फुदिनस्थित थुङगिमदेखि ओक्ताङसम्म सफलतापुर्वक साइक्लिङ गरेका हुन् । धरान माउन्टेन बाइक नेटर्वकका सञ्चालक अविशेक मादेन, अनिष तामाङ, दिपसागर तामाङ र निमा शेर्पाले नयाँझोरेनी–तरुङदेन–चाइराम–रामजेर हुँदै ओक्ताङको सम्मको पैदलमार्गमा साइक्लिङ गरेका छन् ।

कञ्चनजङ्घा हिमालको भ्यू पोइन्ट मानिएको करिब चार हजार आठ सय मिटर उचाइमा अवस्थित ओक्ताङदेखि पुन नयाँ थुङगिमसम्मको पदमार्गमा साइक्लिङ गरेका हुन् । गाउँपालिकाले कञ्चनजङ्घा हिमालमा आरोही तथा अवलोकनकर्ताको सङ्ख्या वृद्धि गर्न साइक्लिङ गरेको जनाएको छ । यात्रा सम्पन्न गरेपछि राइडर मार्फत पालिकाले थप विकासका लागि सल्लाह सुझाव समेत माग गरेको थियो । अनुभव राइडरहरूले दिएको सुझावको आधारमा थप स्तरोन्नति गर्ने र आगामी दिनमा प्रतिष्पर्धात्मक साइक्लिङ गर्ने तयारी समेत थाल्ने पालिकाको योजना रहेको छ ।

spot_img

ताजा समाचार

बालबालिकालाई तीन महिने प्रशिक्षण

काठमाडौं । यल अध्ययन केन्द्रले १२ वडाका स्थानीय बालबालिकालाई तीन महिने नेपालभाषा, नेवार नृत्य, गायन,...

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

काठमाडौं । साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि...

विवादका कारण नेपाल र हङकङबिचको मैत्रीपूर्ण खेल रद्ध

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) भित्र चुलिएको विवादका कारण यही चैत १२...

बास्केटबल लिग : टाईम्सको लगातार पाँचौ जित

काठमाडौं । टाईम्स ईन्टरनेसनल क्लबले हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबीएल) मा पाँचौ जित...