रेशम चौधरी पक्राउपछि पार्टी एकता घोषणा कार्यक्रम स्थगित

Published on

काठमाडौँ । नागरिक उन्मुक्ति र जनमत पार्टीबिच एकता घोषणा कार्यक्रम स्थगित भएको छ । नागकिर उन्मुक्ति पार्टीका प्रवक्ता शरदसिंह यादवले पार्टी पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गरिएपछि पार्टी एकता घोषणा कार्यक्रम स्थगित भएको बताउनुभएको हो । बुधबार काठमाडौँको नेपाल प्रज्ञा प्रतिष्ठानबाट संरक्षक चौधरीलाई प्रहरीले पक्राउ गरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिनुहुँदै उहाँले यस्तो बताउनुभयो । यद्यपी, उहाँले संरक्षक चौधरीलाई के कारणले पक्राउ गरिएको हो भन्नेबारे प्रहरीले कुनै जानकारी नदिएको बताउनुभयो । उहाँले पहिचानवादी शक्तिहरुबिच एकता नहोस् भन्ने शक्तिले एकता प्रक्रिया बिथोल्न खोजेको आरोप लगाउनुभयो । उहाँले तत्कालका लागि पार्टी एकता रोकिएको बताउनुभयो । जनमत पार्टीसँग छलफल गरेर पुनः एकता प्रक्रिया अगाडि बढाउने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘‘आजको एकता प्रक्रिया स्थगित हुन्छ । अब के कस्तो रहेछ बुझेर एकता प्रक्रिया जारी रहन्छ । केही दिनपछि पुनः एकता प्रक्रिया अन्तिम टुङ्गो हुन्छ ।’’ त्यस्तै, जनमत पार्टीका उपाध्यक्ष खब्दुल खानले केही दिनभित्र पुनः पार्टी एकता हुने बताउनुभयो । उहाँले मधेशी, थारु तथा मुश्लिम समुदायबिच एकता हुन लाग्दा सरकारले पार्टीको संरक्षकलाई पक्राउ गर्नु राजनीतिक दुर्घटना भएको जानकारी दिनुभयो । उपाध्यक्ष खानले सरकारले मधेशी समुदायमाथि कुठाराघात गरेको आरोप लगाउनुभयो । पार्टी एकताबारे केही दिनमै अन्तिम टुङ्गो लाग्ने उहाँको भनाइ छ ।

‘‘कुनैपनि प्रक्रिया पूरा नगरेर एउटा संरक्षकलाई एउटा पार्टीको नेतालाई त्यो पनि दुईटा पार्टीको पूर्व र पश्चिमबाट उदाएका दुई वटा शक्तिहरुलाई एकजुट हुँदाखेरि यसरी समातिनु वास्तवमा दुर्घटनामुलक कुरा हो । सरकारको यो कदमको म निन्दा र घोर भत्र्सना गर्छु । यस्तो कार्य सरकारले कहीँ कतैबाट सरकारले गर्नुपर्दैन थियो ।,’’ उपाध्यक्ष खानले भन्नुभयो, ‘‘तथापी यो गरिएको छ वास्तवमा यो मधेशी थारु समुदायको निम्ति कुठाराघात गरिएको वास्तवमा यो मधेशी थारुहरु मुश्लिमहरु पिछडा वर्गहरु एक ठाउँमा आउनु हुँदैन भनेर यो हर्कत गरिएको छ म नागरिक जनमत पार्टीको तर्फबाट निन्दा व्यक्त गर्न चाहन्छु । यो कसले गरेको हो फाइनल भएको छैन तर सरकारले नै गरेको जस्तो आभास भएको छ ।’’ खानले फुटको राजनीति गरेर शासन सत्ता सञ्चालन गरिरहेका नेताहरुले एकता नहोस् भनेर गरेको षड्यन्त्र भएको आराप लगाउनुभयो ।

spot_img

ताजा समाचार

बालबालिकालाई तीन महिने प्रशिक्षण

काठमाडौं । यल अध्ययन केन्द्रले १२ वडाका स्थानीय बालबालिकालाई तीन महिने नेपालभाषा, नेवार नृत्य, गायन,...

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

काठमाडौं । साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि...

विवादका कारण नेपाल र हङकङबिचको मैत्रीपूर्ण खेल रद्ध

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) भित्र चुलिएको विवादका कारण यही चैत १२...

बास्केटबल लिग : टाईम्सको लगातार पाँचौ जित

काठमाडौं । टाईम्स ईन्टरनेसनल क्लबले हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबीएल) मा पाँचौ जित...