दक्षिण कोरियाली पूर्व राष्ट्रपति युनमाथि अधिकारको दुरुपयोगका लागि अभियोग

Published on

काठमाडौँ । दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक योललाई बिहीबार उहाँको मार्सल ल घोषणामाथि अधिकारको दुरुपयोगका लागि थुनाबिना अभियोग लगाइएको अभियोजकहरूले बताएका छन् । यसले महाभियोग लगाइएका पूर्व राष्ट्रपतिको कानुनी खतरा थप बढाएको छ । नयाँ अभियोग त्यस बेला आएको छ जतिबेला युनले आफ्नो डिसेम्बर ३ को मार्सल ल प्रयाससँग विद्रोह गराएको आरोपमा मुद्दा चलिरहेको छ । मार्सल लले प्रजातान्त्रिक दक्षिण कोरियामा नागरिक शासन निलम्बन गर्न खोजेको थियो । आदेशअन्तर्गत सशस्त्र सैनिकहरू संसदमा तैनाथ गरिएका थिए, तर विपक्षी सांसदहरूले त्यसलाई छिटो मतदान मार्फत अस्वीकार गरेकाले आदेश मात्र लगभग छ घण्टा मात्र रह्यो । मतदान गर्न विपक्षी सांसदहरू भवनमा प्रवेश गर्न बार चढेका थिए । पछि उनीहरूले मार्सल ल घोषणाका कारण युनमाथि महाभियोग लगाएका थिए ।

चौँसठ्ठी वर्षीय युनलाई अप्रिलमा संवैधानिक अदालतले महाभियोग प्रस्तावलाई समर्थन गर्ने सबै शक्ति र विशेषाधिकारबाट वञ्चित गरेको थियो । उहाँ चाँडै राष्ट्रपति निवासबाट बाहिर निस्कन बाध्य हुनुभयो । ‘विद्रोहको प्रमुख’ का रूपमा राष्ट्रपति रहँदा अभियोजकहरूले पहिलो पटक जनवरीमा युनलाई अभियोग लगाएका थिए । उक्त महाअभियोगलाई राष्ट्रपति उन्मुक्तिले समेट्दैन । “हामीले त्यसपछि अधिकारको दुरुपयोगको आरोपमा पूरक अनुसन्धान गर्दै (विद्रोह) मुद्दा अगाडि बढाएका छौँ, जसले यो अतिरिक्त अभियोग निम्त्याएको छ”, अभियोजकहरूले बिहीबार एक विज्ञप्तिमा भने । अनुसन्धानकर्ताहरूले सियोलमा युनको निजी निवासमा छापा मारेको एक दिनपछि उहाँकी पत्नी किम केओन ही र पूर्व प्रथम महिलाका तर्फबाट भव्य उपहार प्राप्त गरेको आरोपमा एक शामन संलग्न घुसखोरीको आरोपको अनुसन्धानको एक भागका रूपमा नयाँ आरोप आएको छ ।

विद्रोहको अभियोगमा दोषी ठहरिएमा युनलाई आजीवन कारावास वा मृत्युदण्डको सजाय हुन सक्छ । यद्यपि दक्षिण कोरियाले सन् १९९७ देखि मृत्युदण्डमा अनौपचारिक रोक लगाएको छ । युन पदबाट हटाइएका दोस्रो दक्षिण कोरियाली राष्ट्रपति र संसदद्वारा महाभियोग लगाइएका तेस्रो राष्ट्रपति हुनुहुन्थ्यो । युन पदबाट बाहिर भएपछि दक्षिण कोरियाले जुन ३ मा आकस्मिक चुनाव गर्ने तयारी गरेको छ । रासस/एएफपी

spot_img

ताजा समाचार

मध्यपूर्व युद्धले भारतको ग्यास आपूर्ति जोखिममा

काठमाडौं । मध्यपूर्वमा जारी युद्धका कारण भारतको ऊर्जा आपूर्तिमा प्रत्यक्ष असर पर्ने सङ्केत देखिएको छ...

दमकमा अस्थायी हेलिप्याड र हवाई गस्तीको तयारी

काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरबाट चासोका हेरिएको झापाको क्षेत्र नं.५ मा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई...

अस्पतालमा ‘द्रुत प्रतिकार्य टोली’ गठन

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही फागुन २१ गते हुने निर्वाचनको लागि स्वास्थ्य...

उपत्यकामा मतदान केन्द्र व्यवस्थापन अन्तिम चरणमा (फोटो फिचर)

काठमाडौं । बिहीबार हुने मतदानका लागि काठमाडौँ उपत्यकामा मतदान केन्द्रको व्यवस्थापन अन्तिम चरणमा पुगेको...