विपद् उद्दार कार्यमा सशस्त्र प्रहरीप्रतिको भरोसा बढ्दो छः गृहमन्त्री लेखक

Published on

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले विपद् प्रतिकार्य एवं उद्दारका क्षेत्रमा सशस्त्र प्रहरी बल देश तथा विदेशका मानिसको विश्वास र भरोसा गर्ने संस्थाका रुपमा विकास हुँदै गएको बताउनुभएको छ । शुक्रबार बिहान मनाङमा आयोजित सशस्त्र प्रहरी बल नेपाल पर्वतीय उद्दार तालिम शिक्षालयबाट प्रशिक्षित प्रशिक्षार्थीको दीक्षान्त समारोहमा बोल्दै गृहमन्त्री लेखकले हरेक स्थानमा हुने विपद् जोखिमको उद्दार र सीमा सुरक्षाका कारण सशस्त्र प्रहरी अब्बल बन्दै गएको बताउनुभयो ।

“सीमा सुरक्षा, अपराध नियन्त्रणका साथै मानिस आक्रान्त भएको अवस्थामा सशस्त्र प्रहरीको योगदान सह्रानीय छ । यही योगदानले सशस्त्र प्रहरी देश तथा विश्वका मानिसको भरोसायोग्य बनेको छ । यसलाई थप उत्कृष्ट बनाउन लागिपरेका छौं ।” गृहमन्त्री लेखक भन्नुभयो–“ मनाङ स्वर्गको आभास गर्ने पर्यटकीय क्षेत्र भएकाले यहाँ हुने पर्वतीय जोखिम उद्दारमा सशस्त्रले सहयोग पुर्‍याउने गरी प्रशिक्षण दिएर उत्पादन गरेका प्रशिक्षार्थीले स्थानीयका साथै पर्यटकलाई पनि सहज हुनेछ ।”
विश्वकै जोखिमयुक्त मानिएको अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गतको पदमार्गमा आउने पर्यटकलाई सुरक्षित यात्रामा मद्दत पुग्ने उहाँको विश्वास छ । पर्यटन क्षेत्र देशको अर्थतन्त्रलाई वृद्धि गर्ने पाटो भएकाले सुरक्षित बनाउन आवश्यक रहेको मन्त्री लेखकको भनाई छ ।

“जोखिम मानिएको यस पदमार्गमा यात्रा गर्दा सुरक्षित छौं भन्ने आभास दिन सक्नुपर्ने हुन्छ”, लेखकले भन्नुभयो, “अब यहाँबाट दीक्षित सशस्त्र प्रहरीले जोखिमयुक्त हिमालमा यात्रा गर्ने पर्यटकलाई सुरक्षित बनाउन सक्नुपर्छ ।” विश्वको आकर्षणको केन्द्र बनेको मनाङलाई प्रवर्द्धन र सुरक्षित बनाउदै अझ पर्यटक आगमनलाई वृद्धि गर्नमा जोड दिनुपर्ने उहाँको भनाइ छ । सशस्त्र प्रहरीलाई अझ थप गुणस्तरीय र ऐतिहासिक बनाउन बजेटको व्यवस्थापन गर्ने गृहमन्त्री लेखकले प्रतिबद्धता जनाउनुभयो । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले उच्च पहाडी र हिमाली क्षेत्रमा हुने गरेका विपद् तथा जोखिममा उद्दार तालिमले जिम्मेवारी थप भएको बताउनुभयो । उहाँले जलको उद्दारलाई जसरी पर्वतीय उद्दारलाई प्राथमिकताका रुपमा अगाडी बढाउन आवश्यक रहेको औल्याउनुभयो ।

मनाङ पदयात्रामा आउने पर्यटकलाई सुरक्षित बनाउने जिम्मेवारी पर्वतीय उद्दार दीक्षित सशस्त्र प्रहरीले गर्ने उहाँले विश्वास लिनुभएको छ । सुरक्षाले नै पर्यटकलाई आगमन वृद्धि गराउन सकिने उहाँको भनाइ थियो । “सुरक्षाको एउटा महत्वपूर्ण कार्य पुरा गरेका छौं । गोतारखोरलाई जसरी उद्दारमा जुटेका सशस्त्र प्रहरीलाई भत्ताको व्यवस्थापन गरिएको जस्तै पर्वतीय उद्दारमा खटिने प्रहरीलाई भत्ताको व्यवस्थापनमा ध्यान आग्रह छ ।” उहाँले भन्नुभयो । शिक्षालयबाट ४५ जना सशस्त्र प्रहरी दीक्षित भएका छन् । दीक्षान्त समारोहमा कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी, प्रतिनिधि सभा सदस्य एवं पूर्व राज्यमन्त्री टेकबहादुर गुरुङ्ग लगायतको उपस्थिति थियो ।

spot_img

ताजा समाचार

मन्त्रिपरिषद्का छ निर्णय सार्वजनिक, सडक सुधारका लागि एडिबीको ३०५ मिलियन डलर सहायता स्वीकार

काठमाडौँ – सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका छवटा प्रमुख निर्णय सार्वजनिक गरेको छ। सरकारका...

विराटनगरसँग जनकपुर २ रनले पराजित, रोमाञ्चक खेलमा रसेलको अलराउन्ड प्रदर्शन

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा विराटनगर किङ्ग्सले जनकपुर बोल्ट्सलाई दुई रनले पराजित...

एनपीएलमा आज विराटनगर-जनकपुर र लुम्बिनी-पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज पनि दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि...

बेलायतको पीआर नीति फेरियो: स्थायी बसोबासका लागि अब १० वर्ष कुर्नुपर्ने, नेपालीसमेत प्रभावित

लन्डन – बेलायतमा स्थायी बसोबासको अनुमति (पीआर) प्राप्त गर्ने प्रक्रिया थप कडा बनाइएको छ। सरकारले...