गोरखापत्रको १२५ औँ वार्षिकोत्सव समारोह प्रधानमन्त्रीद्वारा उद्घाटन

Published on

काठमाडौँ । गोरखापत्र दैनिक १२५ औँ वर्ष प्रवेश र गोरखापत्र संस्थानको ६३ आँ वार्षिकोत्सव समारोहको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको छ। बुधबार राष्ट्रिय सभागृहमा आयोजित विशेष कार्यक्रमको प्रमुख अतिथिका रुपमा प्रधानमन्त्री ओलीले उद्घाटन गर्नुभएको हो।उद्घाटन समारोहमा विशिष्ट अतिथिका रुपमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, सञ्चार मन्त्रालयका सचिव राधिका अर्यालको उपस्थिति रहेको छ ।

गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीको सभापतित्वमा आयोजित विशेष कार्यक्रममा बागमती प्रदेशका पूर्व प्रदेश प्रमुख अनुराधा कोइराला, राष्ट्रपतिका प्रमुख प्रेस सल्लाहकार किरण पोखरेल, गोरखापत्र संस्थान सञ्चालक समिति सदस्य सचिन पोखरेल, सुरत पोखरेल, चामप्रसाद धमला, लोकबहादुर चौधरी, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माको उपस्थिति छ। कार्यक्रममा संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले स्वागत मन्तव्य राख्नुभएको छ। उहाँले गोरखापत्र एउटा पत्रिका मात्र नभएर नेपाली भाषा, साहित्य र राजनीतिको इतिहास भएको कुरा सम्झना गर्नुभयो। उहाँले गोरखापत्र नेपाली समाजको जीवनशैली र समग्र विकाससँग जोडिएको हुनाले सबैले आजको दिनमा गर्व गर्नुपर्नेमा जोड दिनुभयो।उहाँले स्वागत मन्तव्यसँगै गोरखापत्रलाई समय सुहाउँदो बनाउनका लागि अहिलेको व्यवस्थापनको रणनीतिबारेसमेत जानकारी गराउनुभएको छ।

कार्यक्रममा संस्थानका सल्लाहकार सम्पादक उपेश महर्जन, विज्ञ सल्लाहकार रामकृष्ण अधिकारी, कानुनी सल्लाहकार सुशीला चौधरी, नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष, राष्ट्रिय समाचार समितिका अध्यक्ष धमेन्द्र झा, महाप्रबन्धक सिद्धराज राई, नेपाल दूरसञ्चार प्रधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारी, पिएसपीका कार्यकारी अध्यक्ष महेन्द्र विष्ट, नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्साल, सञ्चारिक समूहका महासचिव राधा खनाल, प्रेस सेन्टरका अध्यक्ष कमल गिरी, समाजवादी पत्रकार संगठनका अध्यक्ष शम्भु श्रेष्ठ, मिडिया एकेडेमीका निर्देशक बबिता बस्नेत, गोरखापत्र दैनिकका निमित्त प्रधान सम्पादक शिवप्रसाद भट्टराई, राइजिङ नेपालका भिमसेन थपलिया, युवा मञ्च मासिकका उमेश ओझा, मधुपर्कका सम्पादक त्रिभुवनचन्द्र वाग्ले, मुना मासिकका सम्पादक भवानी सुवेदी, डिजिटल प्रमुख नारद गौतमसहित संस्थानका विभागीय प्रमुख, कर्मचारी र पूर्वकर्मचारीको उपस्थितिमा भएको हो।

एक शताब्दीभन्दा लामो इतिहास बोकेको गोरखापत्र मुलुकको गौरवशाली प्रकाशन हो। गोरखापत्र प्रकाशनको प्रारम्भदेखि १९९१ साल वैशाख ८ गतेसम्म हप्ताको एक दिन सोमबार र त्यसपछि २००१ साल असोजसम्म बुधबार प्रकाशन हुन थाल्यो। पछि साताको दुई र तीन पटक हुँदै २०१७ साल फागुन ७ बाट दैनिक भएको हो । मुलुककै जेठो समाचारमूलक पत्रिका गोरखापत्रको प्रकाशन आरम्भ भएको विसं १९५८ वैशाख २४ गतेको स्मरणमा हरेक वर्षको वैशाख २४ गते राष्ट्रिय पत्रकारिता दिवस मनाइन्छ। विसं २०७३ देखि राष्ट्रिय पत्रकारिता दिवस मनाउन सुरु गरिएको हो।

spot_img

ताजा समाचार

बालबालिकालाई तीन महिने प्रशिक्षण

काठमाडौं । यल अध्ययन केन्द्रले १२ वडाका स्थानीय बालबालिकालाई तीन महिने नेपालभाषा, नेवार नृत्य, गायन,...

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

काठमाडौं । साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि...

विवादका कारण नेपाल र हङकङबिचको मैत्रीपूर्ण खेल रद्ध

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) भित्र चुलिएको विवादका कारण यही चैत १२...

बास्केटबल लिग : टाईम्सको लगातार पाँचौ जित

काठमाडौं । टाईम्स ईन्टरनेसनल क्लबले हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबीएल) मा पाँचौ जित...