आमाको निधनपछि लालाबालाको विचल्ली

Published on

काठमाडौँ । चुहिने जस्ताले छाएको पुरानो ढल्केको घर छ । खरको चुहिने पालीमा त्रिपालको भरमा । सात छोरी र चार छोरासहित एघार सन्तानकी आमाको निधन भएपछि विहान बेलुका छाक टार्नै मुस्किलमा छन् सहाराविनाका बालबालिका । लमजुङको दोर्दी गाउँपालिका –६, सिमी गाउँको एक घरको अबस्था हो यो । यहाँकी ४७ वर्षिया शान्ति गुरुङको गत माघ १४ गते असमायिक निधनभयो । बेंसीसहरस्थित प्रदेश अस्पतालमा उपचार हुन नसकेपछि चितवन लैजानेक्रममा उहाँको मृत्यु भएपछि एघार बालबालिकाको विचल्ली भएको छ । बालबालिकाका अभिभावक लिलबहादुर घरमै हुनुहुन्छ । तर, उहाँको मात्र मेहनतले बालबालिकालाई दुई छाक खुवाउन, हुर्काउन र पढाउन समस्या भएको छ । जसका कारण बालबालिका विद्यालय जानबाट बञ्चित भएको मात्र छैनन्, कुपोषणको सिकार पनि बनेका छन् ।

एघार सन्तानमा जेठी छोरी ललिताको विवाह भइसक्यो । घरको अबस्था नाजुक भएपछि जेठो छोरा धनराज पढाइ छाडेर केही दिनअघि कामको खोजीमा भारत हिँडे । माइँला पूर्णबहादुर ८ कक्षा अनुत्तीण भएपछि चितवनतिर काममा झरे । घरमा रहेका दुई छोरा र ६ छोरी लिलबहादुरको भरमा छन् । “खेतबारी अरुको अधियाँमा गर्दैआएको छु । खेतबारीको उब्जाउले खान पुग्दैन । केटाकेटीलाई दुई छाक खुवाउन धौधौ छ” लिलबहादुरले भन्नुभयो, “बुढी खसेपछि हाम्रो विचल्ली भयो । केटाकेटी पढाउनै समस्या भयो ।” साइँलो छोरा चीनबहादुर १० वर्षका भए । गाउँकै विद्यालयमा अहिले कक्षा २ मा पढ्छन ।

कान्छो सन्तोष ८ वर्षका छन् । उनी कक्षा १ मा पढ्छन । माइली छोरी अस्मी पढाइ छोडेर घरमै छिन् । उनी भाइबैनीहरुलाई हेरेर बस्छिन् । कक्षा ६ मा पढ्दै गरेकी साइँली सोममायाले आमाको मृत्युपछि पढाइ छोडेकी छन् । साढे ११ वर्षिया काइँली माया कक्षा ५ मा पुगेकी छन् । अन्तरी अञ्जु ६ वर्षकी भइन् । नर्सरीमा पढ्छिन् । ४ वर्षिया सुप्रिया र साढे १ वर्षिया कान्छी स्कुल जाँदैनन् । “सन्तान धेरै भए । न घरबार राम्रो छ, न छोराछोरीलाई पढाउन सकेको छु ।” लिलबहादुर भन्नुभयो, “खान लाउन त समस्या छ नै, बर्खामा ओत कसरी लाउने झनै चिन्ता छ ।” लालाबाला हुर्काउन र पढाउन सहयोगको उहाँले अपेक्षा गर्नुभयो । “यो दुःखीलाई हेर्दिने कोही भए, केटाकेटीलाई हुर्काउन र पढाउन रहर छ” लिलबहादुर भन्नुहुन्छ, “दानीलाई हानी हुँदैन भन्छन, हामिलाई पनि हेर्दिने कोही भए त !”

spot_img

ताजा समाचार

बालबालिकालाई तीन महिने प्रशिक्षण

काठमाडौं । यल अध्ययन केन्द्रले १२ वडाका स्थानीय बालबालिकालाई तीन महिने नेपालभाषा, नेवार नृत्य, गायन,...

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

काठमाडौं । साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि...

विवादका कारण नेपाल र हङकङबिचको मैत्रीपूर्ण खेल रद्ध

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) भित्र चुलिएको विवादका कारण यही चैत १२...

बास्केटबल लिग : टाईम्सको लगातार पाँचौ जित

काठमाडौं । टाईम्स ईन्टरनेसनल क्लबले हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबीएल) मा पाँचौ जित...