फिक्कल–नयाँबजार सडक खण्डको मयुँ खोलाको पुल भाचिँयो

Published on

काठमाडौँ । इलामको फिक्कल–नयाँबजार सडकखण्डमा पर्ने मयुँ खोलाको पुल भाचिएपछि यातायात सञ्चालनमा समस्या भएको छ । केहि वर्ष अघि बाढीले पक्की पुलको एक भाग बगाएपछि अस्थाई संरचना निर्माण गरिएको थियो । उक्त अस्थाई संरचना समेत भाचिएपछि यातायत सञ्चालनमा समस्या भएको हो । पुल भाचिएपछि खोलाबाट यातायतका साधन आउजाउ गर्नुपर्ने भएको छ । पानी नपर्दा खोलाबाट सवारी आउजाउ भए पनि पानी परेर खोला बढेपछि सवारी आउजाउ बन्द हुने अवस्थामा पुगेको स्थानीय सवारी चालक फुरी शेर्पाले जानकारी दिनुभयो । उक्त सडक भएर माईजोगमाई गाउँपालिकाको नयाँबजार, नामसालिङ, सोयाङ, प्याङ, जोगमाई र सूर्योदय नगरपालिका १ गोर्खेसहित क्षेत्रमा दैनिक रुपमा सयौं सवारी साधन सञ्चालन हुने गरेका छन् ।

पुलको मर्मतका लागि माईजोगमाई गाउँपालिकाले पाँच लाख र सूर्योदय नगरपालिकाले पाँच लाख रकम तत्काल काम गर्ने गरी छुट्याएका छन् । माईजोगमाई गाउँपालिका उपाध्यक्ष प्रविना राईले पालिकाका इन्जिनियर आइतबार नै पुलको निरीक्षण गरेकाले तत्काल निर्माणको काम दुई पालिकाको समन्वयमा थालिने जानकारी दिनुभयो । सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईले उक्त पुल सञ्चालनका लागि तत्काल दुई पालिकाले पहल गरेर यातायत सञ्चालनमा ल्याउने जानकारी दिनुभयो । उहाँले अस्थाई संरचना निर्माण गरेपनि दीर्घकालीन समस्या समाधानका लागि प्रदेश सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।

फिक्कल नयाँबजार सडक कोशी प्रदेश सरकारको लगानीमा ट्रयाक खोलिएको छ दशकपछि एक डेढ वर्ष अघि मात्र कालोपत्रे गरिएको थियो । उक्त क्षेत्रका कोशी प्रदेश सांसद खिनु लङवा लिम्बुले प्रदेश सरकारले मयुँ खोलामा पक्की पुल निर्माणका लागि क्रमागत रुपमा बजेटको व्यवस्था गरेको र चाडै बोलपत्र आह्वान हुने जानकारी दिनुभयो । फिक्कल नयाँ बजार सडककै सूर्योदय नगरपालिका ९ ढोडेमा पहिरोले सडक बगाएको छ । उक्त सडक मर्मत नगरिए यस पटकको बर्खामा उक्त सडक भएर सवारी सञ्चालनमा समस्या हुने भएको छ । उक्त सडक बनाउन २५/३० लाख लाग्ने भए पनि प्रदेश सरकारले मर्मतका लागि पाँच लाख रुपियाँ मात्र विनियोजन गरेपछि काम अगाडि बढ्न सकेको छैन ।

spot_img

ताजा समाचार

वर्षामा बिपी राजमार्गः अवरुद्ध भए आधा घण्टामै खुलाइने

बाढीपहिरोका कारण पटकपटक अवरुद्ध हुने बिपी राजमार्ग अब अवरुद्ध भएमा आधा घण्टाभित्रै सञ्चालनमा ल्याउने...

गणेश नेपालीलाई उपचारका लागि भारत लैजाने तयारी

त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि भएको घटनामा गम्भीर रूपमा घाइते भएका गणेश नेपालीको सम्पूर्ण उपचार खर्च...

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...